• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update प्रदेश १ समाचार

    कोरोनाबाट मोरङमा थप एकको मृत्यु, महोत्तरीका दुई जनामा मृत्युपछि संक्रमण पुष्टि

    616
    SHARES

    विराटनगर । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका- २ का ६१ वर्षीय पुरुषको शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३ भदौमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । मुटुसम्बन्धी रोगबाट पीडित उनको शनिबार मृत्यु भयो ।उनको बिहीबार स्वाब संकलन गरिएको भएपनि शनिबार मृत्यु भइसकेपछि पोजेटिभ रिपोट आएको पथरी शनिश्चरे नगरपालिकाका मेयर दीलिप राईले जानकारी दिए ।

    त्यसबेलासम्म आफन्तले शव लगिसकेकका थिए । कोरोना नगेटिभ देखिएको भन्दै आफन्तले शव लगेको तर पोजेटिभ रिपोर्ट आएपछि प्रशासनलाई खबर गरेको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए । लगतै नेपाली सेनाको टोलीले बाटोबाटै शव लगेर अन्त्येष्टि गरेको मेयर राईले बताए ।

    यस्तै महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको पिपरा गाउँपालिका-७ का ७० बर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिए ।

    महोत्तरीकै भंगहा नगरपालिकाका ३५ बर्षीय युवकमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । भंगहा नगरपालिका वडा नंं १ निवासी युवकको शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको थियो ।

    मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको छ । ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि उनलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ