• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    चितवनमा संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा, थप २६ जनामा कोरोना संक्रमण पुष्टि

    823
    SHARES

    चितवन । चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा चितवनका १५ सहित कूल २६ जनामा संक्रमण पुष्टि भएको थियो।

    चितवनका १५ जना भरतपुर महानगरपालिकाका १४ र रत्ननगर नगरपालिकाका १ जना हुन्। भरतपुर महानगरपालिकाका १४ मध्ये ८ जना पुरुष रहेका छन् भने बाँकी संक्रमित महिला रहेका छन्।

    संक्रमितहरूको उमेर ११ वर्षदेखि ५९ वर्षसम्म रहेको अस्पतालको विवरणमा उल्लेख छ। रत्ननगर नगरपालिकाकी संक्रमित भने वडा नं ८ की ५६ वर्षीया महिला हुन्।त्यसैगरी, मकवानपुरका १, गोरखाका दुई, नवलपुरका १ र सप्तरीका २ जनामा संक्रमण देखिएको छ।

    चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ ।

    गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको संक्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले जानकारी दिए ।

    आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए । डा. सापकोटाले कोरोना संक्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको जानकारी दिए । भरतपुर अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

    भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक भएको उनले जानकारी दिए । भरतपुर अस्पताल राजधानी काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो । रासस

    त्यस्तै दैलेख, बारा र गुल्मीका एक–एक पुरुष तथा सुर्खेत र मोरङका एक–एक महिलामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्। अस्पतालले शुक्रबार २७५ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरेको थियो। जसमा २४९ मा कोरोना परीक्षण नेगेटिभ देखिएको थियो।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ