• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights अन्तराष्ट्रिय

    विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख २३ हजार ८१ पुग्यो

    785
    SHARES

    काठमाडौं । विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म २ करोड ४३ लाख २३ हजार ८१ जनामा संक्रमण भएको छ ।

    संक्रमितमध्ये १ करोड ६८ लाख ४९ हजार ३३१ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ६ हजार ३१९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २८ हजार ८८७ पुगेको छ ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार २२७ जनाको मृत्यु भएको छ । ३४ लाख ३४ हजार ३१७ जना संक्रमित भएकोमा २० लाख २० हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६३ हजार ७६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७० लाख ९१ हजार ६१५ पुगेको छ । त्यसमध्ये ४० लाख ३८ हजार ७४९ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा १ लाख ३४ हजार ८९८ जनाको मृत्यु भएको छ । ६५ लाख ७८ हजार ८६१ जना संक्रमित भएकोमा ५२ लाख ४२ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९४ हजार ७३३ जनाको मृत्यु भएको छ । ५९ लाख ७२ हजार ४४८ जना संक्रमित भएकोमा ४५ लाख ७९ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा २८ हजार ६५६ जनाको ज्यान गएको छ भने १२ लाख १६ हजार ५५८ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ४५ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५७६ जनाको मृत्यु भएको छ । २७ हजार ७८४ जना संक्रमित भएकोमा २२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ