• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मंगलबार नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

    504
    SHARES

    काठमाडाैं । नेपालमा मंगलबार थप ८५५. जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ थियो ।

    यस्तै काठमाडौं उपत्यकामा आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरी जम्मा २३२ जना संक्रमित थपिएका छन् । यअसघि सोमबार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी जम्मा २२४ जना संक्रमित थपिएका छन् ।

    यस्तै काठमडौंको बसन्तपुरका एकजना कोरोना संक्रमति पुरुषको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत ६६ वर्षका एक पुरुषको मृत्युभएको अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालले बताए । डा नेपालका अनुसार ती पुरुषले साउन २७ गते स्टार अस्पतालमा आफैले कोरोना परीक्षण गराएका थिए । उनको २९ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

    कोरोना पोजेटिभ देखिएपछि घरमै आइसोलेसनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि साउन ३१ गते सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि गएका थिए । ती पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले उनलाई भदौं ५ गतेदेखि आइसीयुमा राखेर उपचार शुरु गरेको थियो । तर उनको स्वास्थ्यमा सुधार भएन ।

    ती पुरुषको मंगलबार बिहान ११ बजेर १७ मिनेटमा मृत्युभएको डा नेपालले बताए । ‘हाम्रो अस्पतालमा काठमाडौंको बसन्तपुरका एकजना कोरोना संक्रमितको मृत्यु भयो,’ डा नेपालले भने, ‘उहाँ ६६ वर्षका पुरुष हुनुहुन्छ, उहाँको शव नेपाल आर्मीको सहयोगमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।’

    डा नेपालका अनुसार सशस्त्र प्रहरी अस्पतालमा हाल १४५ जना कोरोना संक्रमति उपचारत छन् । ती मध्ये १३ जना आइसीयु र २ जना भेन्टिलेटरमा छन् । अस्पतालमा रहेका सबै संक्रमतिहरुमा कोरोनाको लक्षण रहेको डा नेपालले जानकारी दिए ।

    यस्तै उता महोत्तरीमा मंगलबार दुई जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका-३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका- ३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो ।

    मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका वृद्धलाई चितवनमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उपचारबाट फर्किएका बृद्ध पोजेटिभ भएको जानकारी आएपछि उनलाई आइसोलेसनमा राख्न अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको हो । यस्तै, बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान साढे ११ बजे नै मृत्यु भएको हो । उनी सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

    ‘निमोनियाबाट ग्रसित बृद्धको अवस्था सोमबारै गम्भीर थियो, उनलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार गरे पनि मृत्यु भयो’ प्रादेशिक अस्पताल कोभिड- १९ संयोजक डा. जामुन सिंहले भने । प्रादेशिक अस्पतालमा पुग्नुअघि ती वृद्धको जनकपुरधामको विभिन्न अस्पतालमा उपचार गराएको पाइएको सिं‌हले बताए ।

    जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीका अनुसार बलवाका वृद्धको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा चार दिनअघि स्वाब संकलन गरिएको थियो र रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ