• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    काठमाडौं उपत्यकामा आज १६६ जनामा कोरोना संक्रमण पुष्टि, थप २ जनाको मृत्यु

    11.6K
    SHARES

    काठमाडौँ । काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हुनुको साथै  थप दुई जनाको मृत्यु भएको छ ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    संक्रमणबाट ज्यान गुमाउनेमा नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो । नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना संक्रमित ५४ वर्षीय पुरुष रहेका छन् ।

    मिर्गौलाको समस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि मानव अगं प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो । यस्तै ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बिरामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भर्ना गरिएको थियो ।

    यस्तै नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    कुन जिल्लामा कति थपिए ?
    डा. गौतमका अनुसार प्रदेश १ को झापामा ४ महिला र ६ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । मोरङमा २१ महिला र २९ पुरुष गरी ५० जना, सुनसरीमा १ महिा र ८ पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी प्रदेश २ का जिल्लाहरुमध्ये धनुषामा १७ महिला र ४३ पुरुष गरी ६० जना, पर्सामा ३१ महिला र १०८ पुरुष गरी १३९ जना, बारामा ६ महिला र ३३ पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी महोत्तरीमा ५ महिला र २९ पुरुष गरी ३४, रौतहटमा २ महिला र ७ पुरुष गरी ९, सप्तरीमा ४ जना, सर्लाहीमा ११ महिला र ८० पुरुष गरी ९१, सिरहामा १४ जनामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी बाग्मती प्रदेशको काठमाण्डौमा ४७ महिला र ७९ पुरुष गरी १२६, भक्तपुरमा ११ महिला र १७ पुरुष गरी २८ जना र ललितपुरमा ७ महिला र ५ पुरुष गरी १२ जनामा कोरोना पुष्टि भएको छ ।

    बाग्मती प्रदेशकै काभ्रेपलान्चोकमा १३ महिला र १४ पुरुष गरी २७ , दोलखामा ३ महिला र ३ पुरुष गरी ६ जना, धादिङमा १ जना, मकवानपुरमा १ जना, रसुवामा १ जना, रामेछाप २ जना र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३ महिला र २ पुरुष गरी ५ जना, गोरखामा २ जना, नवलपरासी पूर्वमा ३ महिला र ३ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।

    त्यस्तै प्रदेश ५ को अर्घाखाँचीमा १ महिला र ११ पुरुष गरी १२, कपिलवस्तुमा १ महिला र १० पुरुष गरी ११ जना, नवलपरासीमा ९ महिला र २१ पुरुष गरी ३०, पाल्पामा महिला र पुरुष गरी २ जना, प्युठानमा २ जना, बर्दियामा २ जना, बाँकेमा ५ महिला र ६ पुरुष गरी ११ जना, रुकुम पूर्वमा १ जना, रुपन्देहीमा ६ महिला र २२ पुरुष गरी २८ जना र रोल्पामा १ जनामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी कर्णाली प्रदेशको जुम्लामा महिला र पुरुष गरी २ जना, रुकुम पश्चिममा २ महिला र ४ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशको अछाममा ४ महिला र १९ पुरुष गरी २३, डडेल्धुरामा २ जना, दार्चुलामा १ जना, बझाङमा १ महिला र २ पुरुष गरी ३ जना, बैतडीमा १ महिला र ३ पुरुष गरी ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार आज २२० महिला र ५९८ पुरुष गरी ८१८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको छ । पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ६३१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    नेपालमा आइतबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

    यसअघि शनिबार सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । जसमध्ये सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जना थिए ।

    यसअघि शुक्रबार एकैदिन ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । जसमा मोरङ, पर्सा, सप्तरी, बारा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका एक-एक जना गरी ११ जना थिए । विहीबार काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्सामा एक महिला र दुई पुरुष गरी ६ जनाको कोरोनाले मृत्यु भएको थियो ।

    त्यस्तै बुधबार काठमाडौं र बर्दियामा एक-एक जना पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक जना महिला गरी ६ जनाको कोरोनाले मृत्यु भएको थियो। गत मंगलबार एकैदिन ७ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको थयो ।

    मन्त्रालयका अनुसार यसअघि गत सोमबार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको थियो । गत आइतबार २ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा पर्साका एक पुरुष र मोरङकी एक महिला थिए ।

    यसअघि कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । त्यसअघि ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा मोरङ र सिरहाका १-१ जना परुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको थियो।

    यसअघि महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ जनाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

    यसअघि एकैदिन ८ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुष रहेका थिए ।

    त्यसअघि थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो । जसमा काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिला, धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुष, सिन्धुपाल्चोक बाह्रबिसेका एक पुरुष / विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

    यसअघि पनि एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिला, पर्साको वीरगञ्ज-१५ की ४५ वर्षीया महिला, काठमाडौं-१० मध्यबानेश्वर बस्ने एक ७६ वर्षीय पुरुषको र कीर्तिपुर ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोनाकै कारण निधन भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

    यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा-१९ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । त्यसैगरी वीरगञ्जको छपकैया निवासी २० वर्षया एक महिलाको पनि कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो।

    त्यस्तै यसअघि पर्सा छप्कैयाका ७४ वर्षीय एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोखा-६ की ४१ वर्षीया महिला गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । यसअघि पर्सा वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुष, सिरहा गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुष, सर्लाही बसन्तपुरका ४५ वर्षीय पुरुष र पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

    योभन्दा अगाडि विराटनगरका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुष, सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला, धनुषाकी वर्ष ७२ एक महिला र सप्तरीको रुपनी गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

    यसअघि पर्साकी १८ वर्षीया महिलाको कोरोनाले निधन भएको मन्त्रालयले जानकारी दिएको हो । यसैगरी पर्सा विरगन्जकै वर्ष ४६ का एक पुरुषको पनि पनि कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो ।

    यसअघि मोरङ विराटनगर-५ आदर्शटोल बस्ने वर्षा ७७ का एक जनाको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको हो । यसअघि पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसैगरी पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया महिलाको मृत्यु पुष्टि भएको थियो ।

    यसअघि यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। वीरगन्ज महानगरपालिका- ११ श्रीपुरका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका-१६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर-२ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको कोरोनाले मृत्यु भएको पुष्टि हो ।

    यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।

    त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको थियो ।

    यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको थियो।

    त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ