• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश २ समाचार

    स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारसहित थप १५६ जनामा संक्रमण पुष्टि

    308
    SHARES

    काठमाडौँ । स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारसहित थप १५६ जनामा संक्रमण पुष्टि भएको छ । पर्सामा आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गएराति गरिएको परीक्षणमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    अस्पतालका अनुसार आज संक्रमित मध्ये बारा जिल्लाका ११ जना पनि छन् । १५६ जना संक्रमित मध्ये तीन वर्षीय बालकदेखि ७० वर्षका जेष्ठ नागरिकसम्म रहेका बताइएको छ ।

    आज थपिएकामा स्वास्थ्यकर्मी, प्रहरी र पर्साका संचारकर्मीसमेत रहेको बताइएको छ । पछिल्ला दिनहरुमा वीरगञ्ज कोरोना संक्रमणको केन्द्र जस्तै बन्दै गएको छ ।

    यस्तै कोभिड १९ संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप एकजनाको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्‍न १६ मुलुकमा रहेका १९२ नेपालीहरुको मृत्यु भएको हो ।

    स्वास्थ्य समितिका अनुसार यो साता पनि अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

    स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार अस्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो दोस्रो लहर सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजग रहन आग्रह गरे ।

    कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।

    हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ