• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर

    निषेधाज्ञाको तेस्रो दिन यस्तो शान्त र सुनसान देखियो काठमाडाैं, हेर्नुहोस २० तस्विरमा

    811
    SHARES

    काठमाडौँ । आज भदौ ६ गते अर्थात् सरकार ले निषेधाज्ञा घोषणा गरेको तेस्रो दिन ! काठमाठाैं उपत्यका सुनसान देखियो।  शनिबार काठमाडौँको कोटेश्वर, ललितपुरको सातदोबाटो, एकान्तकुना, बल्खु र कलंकी लगाएतका क्षेत्र कतै सुनसान त कति अलिअलि सवारीसाधन ओहोरदोहोर गरेको देखियो ।

    राजधानीको कोटेश्वरदेखि कलंकी तथा सोयम्भु पुग्दा सुरक्षाकर्मीले भने बाक्लै रुपमा चेकजाँच गरिरहेका देखिन्थे। सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा मात्रै देखिएका छन् । अर्थात काठमाडाैं उपत्यका निषेधाज्ञाले शान्त छ ।

    निषेधाज्ञा उल्लङ्घन गरेर फाट्फुट्ट यात्रा गर्नेहरुलाई पनि तैनाथ सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर होल्डिग सेन्टरमा राखेको देखिएको छ । निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु/सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने भनिएको छ ।

    अत्यावश्यक सेवा दिनेबाहेक सबै व्यापार/व्यवसाय, निजी तथा सार्वजनिक र सरकारी कार्यालय बन्द छन् । अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयले भने न्यूनतम कर्मचारी संख्या निर्धारण गरी फोटोसहितको परिचयपत्रका आधारमा हिडेका छन् ।

    नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले बुधबार बेलुका १२ बजेदेखि लागु हुने गरी देशको संघीय राजधानी काठमाडौँमा निषेधाज्ञा जारी गरेको हो । पछिल्लोसमय काठमाडाैंमा हरेक दिन कोरोना संक्रमित बढ्दै गइरहेका छन्।

    शनिबार उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेका छन् । शनिबार देशभर भने ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा सुनसरीमा ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ । सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज थप ९ जनाको कोरोना भाइरस संकरमणबाट मृत्यु भएको जानकारी दिएका हुन् ।

    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आर आर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ