• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update अन्तराष्ट्रिय

    नेपालमा कोरोना महामारी बढिरहेका बेला विश्व स्वास्थ्य संगठनले दियो यस्तो ड’रलाग्दो चेतवानी, विश्वभर हलचल

    1.2K
    SHARES

    काठमाडाैं । यतिबेला नेपालमा कोरोना महामारी व्यापकरुपमा बढिरहेको छ । यहि बेला  विश्व स्वास्थ्य संगठनले दुई वर्षभित्रमा विश्वबाट कोरोना भाइरस महामारी नियन्त्रण हुनसक्ने चेतवानी दिएको छ । संगठनका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले शुक्रबार सन् १९१८ को स्पेनिस फ्लूको तुलनामा भने कोरोना भाइरसको महामारी छिटो नियन्त्रणमा आउने बताएका हुन्।

    ‘विश्व भूमण्डलीकरण र सबै देशहरुको एक अर्कासँगको सहज सम्पर्कका कारण भाइरस तीव्र रुपमा फैलियो। आधुनिक प्रविधि, उपचारका कारण पनि स्पेनिश फ्लूभन्दा छिटो कोरोना संकट टर्न सक्छ’, उनले भने। स्पेनिस फ्लू सन् २०१८ को फरवरीबाट सन् १९२० को अप्रिलसम्म विश्वभर फैलिएको थियो। यस महामारीबाट विश्वभर करिब दुई करोड मानिसको मृत्यु भएको थियो।

    अहिले कोरोना संक्रमणबाट करिब आठ लाख मानिसको मृत्यु भइसकेको छ भने २२ मिलियनभन्दा बढी संक्रमित छन्। टेड्रोसलाई महामारीको बेला व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) मा भएको भ्रष्टाचारसम्बन्धी सोधिएको एक प्रश्नमा जवाफ दिँदै उनले यसलाई ‘आपराधिक’ भनेका छन्, ‘पिपिईमा गरिएको भ्रष्टाचार वास्तवमै मेरा लागि हत्या बराबर हो। कुनै पनि भ्रष्टाचार स्वीकार्य छैन।’

    महामारी चलिरहेको समयमा केन्याको राजधानी नैरोबीमा भ्रष्टाचारको विरोधमा शुक्रबार प्रर्दशन भएको थियो। त्यहाँका धेरै सरकारी अस्पतालका चिकित्सकहरुले ज्याला नपाएको र सुरक्षा उपकरणको अभाव भएको भन्दै हड्ताल गरेका थिए।

    विश्वभर कुल कोरोना संक्रमितमध्ये प्रति एक सयमा ६७ जना अर्थात ६७ प्रतिशत संक्रमणमुक्त भएको पाइएको छ । कोरोना भाइरस सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको साइट वर्ल्डोमिटर्सका अनुसार विश्वभर शनिबार बिहानसम्म २ करोड ३१ लाख ५ हजार ७८ जना संक्रमित भएका छन् ।

    कुल संक्रमितमध्ये १ करोड ५७ लाख ८५२ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ८३ हजार ९२७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । यस्तै एकैदिन ५ हजार ८३४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ लाख २ हजार ८८९ पुगेको छ ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ८१३ जनाको मृत्यु भएको छ । ३३ लाख १३ हजार ५०२ जना संक्रमित भएकोमा १९ लाख ६५ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५६ हजार ४५६ जनाको मृत्यु भएको छ ।

    संक्रमितको संख्या ६८ लाख ३९ हजार ८९२ पुगेको छ । त्यसमध्ये ३८ लाख २८ हजार २८७ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख २७ हजार ४८३ जनाको मृत्यु भएको छ । ६१ लाख १९ हजार १७० जना संक्रमित भएकोमा ४८ लाख ५ हजार १६४ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८५ हजार ७३२ जनाको मृत्यु भएको छ । ५६ लाख २५ हजार ७२६ जना संक्रमित भएकोमा ४१ लाख ८३ हजार ५०२ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा २७ हजार ३७४ जनाको ज्यान गएको छ भने ११ लाख ७२ हजार ८०२ संक्रमित छन् ।

    संक्रमितमध्ये ८ लाख ९२ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४९९ जनाको मृत्यु भएको छ । २६ हजार ७८२ जना संक्रमित भएकोमा २० हजार ३८६ जना संक्रमणमुक्त भएका छन् ।

    भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको हो ।

    संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २२ लाख २० हजार ७९९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९६ हजार ६४१ जनाको उपचार भइरहेको छ ।

    यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९५३ जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५५ हजार ९२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ