• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली

    खानेकुरा पकाउदा नगर्नुहोस् यस्ता गल्ती, जसले विषालु बन्नसक्छ हाम्रो खाना

    3.7K
    SHARES

    खाना केका लागि ? प्राथमिकताको आधारमा यसको जवाफ हुन्छ, स्वस्थ्य र तन्दुरुस्तीका लागि । तर, त्यही खानाले स्वास्थ्य खराब गर्छ भने ?हो, शरीरलाई स्वस्थ्य राख्न खानाको भूमिका हुन्छ । यद्यपि कतिपय अवस्थामा भने सोही खानाले स्वास्थ्यमा गडबड गर्छ । यो त्यही अवस्थामा हुन्छ, जब हामी यसको पोषणलाई भुलेर स्वादको चक्करमा लाग्र्छौं ।

    स्वादिलो बनाउने चक्करमा हामीले खानेकुरालाई विषाक्त बनाइरहेका हुन्छौं । त्यसैले त भनिन्छ, संसारमा जति मान्छे खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर । कस्तो खानेकुरा खाने भन्ने प्रश्न जति महत्वपूर्ण छ कसरी खाने भन्ने पनि उत्तिकै । खासगरी खानेकुरा पकाउने क्रममा हामी त्यस्ता गल्ती गर्छौं, जसले खानेकुरालाई विषाक्त बनाइदिन्छ । आखिर हामी के गल्ती गर्छौं ?

    पोल्ने : पोलेको खानेकुरा स्वादिलो हुन्छ । आगोको रापमा सेकाएर वा पोलेर खाएको खानेकुराले हाम्रो जिब्रोलाई लोभ्याउँछ । यसरी पोलेर चिकन, मटन वा कुनै खाद्य पदार्थ खानु रमाइलो हुन्छ, स्वादिष्ट त छँदैछ । तर, यसकै कारण क्यान्सर लाग्ने खतरा रहन्छ । पोलेर वा आगोमा सेकाएर तयार गरेको मासुमा रहेको बोसो र कोइला आपसमा सम्पर्कमा आउँछ । यसले क्यान्सरजनक कारण पैदा हुन्छ ।

    तारेको : आलु होस् वा माछा, हामीलाई तेलमा तारेर खान मनपर्छ । तर, यस्तो खानेकुराले स्वास्थ्यमा नराम्ररी असर गर्छ । डीप फ्राइ गर्दा प्रोटीनसहित सबै उपयोगी तत्व नष्ट हुन्छ । त्यतीमात्र होइन, डीप फ्राइ गरेर कुनैपनि आहार सेवन गर्दा क्यान्सरजनक तत्व हाम्रो शरीरमा पैदा हुन्छ ।

    प्याकिङ : हाम्रो भान्सामा त्यस्ता धेरै परिकार हुन्छन्, जसलाई हामीले महिनौंअघि बोत्तलमा साँधेर राखेका हुन्छौं । खासगरी तेल, नुन, मसला आदि सहित यसरी साँधेर राखेको अचार, खुर्सानी आदि खानामा मिसाउँदा स्वादिलो लाग्छ । तर, यसरी तयार गरिएको अचार, खुर्सानी आदि पेटका लागि अत्यान्तै हानिकारक मानिन्छ । त्यसैगरी प्लाष्टिक व्यागमा केहि यस्तो तत्व हुन्छ, जो क्यान्सरको लागि जिम्मेवार मानिन्छ ।

    भुटेको : भुटेको खानाले जिब्रोलाई लोभ्याउँछ । तर, यसरी भुटेको खानेकुरामा जुन पौष्टिक तत्व हुनुपर्ने हो, त्यो नष्ट हुन्छ । त्यतीमात्र होइन, उक्त खानेकुरामा टक्सिनको मात्रा बढ्छ । त्यसैले भुटेको खानेकुरा स्वास्थ्यका लागि अनुकुल मानिदैन ।

    विजातिय परिकार : हामी एकसाथ धेरै परिकार बनाएर सेवन गछौ । माछामासु, दुधदही, मिठाई, फलफूल सेवन गर्छौ । यी सबै परिकारमा आ–आफ्नै पौष्टिक तत्व हुन्छ, जो शरीरका लागि आवश्यक पनि हुन्छ । यद्यपी सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा त्यसको रसायनिक प्रतिक्रिया हुन्छ । फलत हामीलाई फुड पोइजन हुनसक्छ । कति खानेकुराहरु आपसमा मिल्दैन । त्यस्ता खानेकुरा एकसाथ सेवन गर्नु पाचन प्रणालीको लागि एकदमै घातक हुन्छ ।

    दही र फल : हामी दही र फल एकसाथ सेवन गर्छौै । अझ दही र फल एकसाथ मिसाएर डिजर्टसमेत बनाउने गरिन्छ । दही र फल एकसाथ सेवन गर्दा त्यसबाट एसिड पैदा हुन्छ । यसले पाचन क्रियालाई असर गर्छ ।

    कागति र दुध : कागति र दुध आफैमा फाइदाजनक मानिन्छ । यद्यपी दुध र कागति एकसाथ मिसाएर सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिदैन । यसले पेटमा समस्या पैदा गर्छ ।

    पनिर र कार्बोहाइड्रेट : पनिर, मासु, अन्डा, नट्स जस्ता प्रोटिनयुक्त खानेकुरासँग ब्रेड, आलु, दाल जस्ता कार्बोहाइड्रेट सेवन गर्नु हुँदैन । यसले गर्दा भोजन पचाउन गाह्रो हुन्छ । प्रोटिन र कार्बोहाइड्रेट एकसाथ सेवन गर्दा कब्जियत पनि हुनसक्छ ।

    दुध र दही : दही र दुध एकसाथ सेवन गर्दा एसिडिटी, ग्याष्ट्रिक, अपच र वान्ता जस्ता समस्या हुनसक्छ ।

    खाना हातले खानु राम्रो कि चम्चाले ?

    हाम्रो देशको सहरी भेगका अधिकांश व्यक्तिहरू हातले खाना खान मन पराउँछन् । पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खाना खाने हाम्रो पुरानो संस्कार हो । तर बिस्तारै खाना खानको लागि चम्चाको प्रयोग गर्न थालियो । तर के छ हातले खाना खानुपछिको विज्ञान ?

    पूर्वीय शास्त्र भन्छ ‘हाम्रो शरीर पाँच तत्व मिलेर बनेको हुन्छ । जसलाई जीवन ऊर्जा पनि भनिन्छ । यी पाँच तत्वहरू हाम्रो हातमा हुन्छन्, यी पाँचमध्ये कुनै पनि तत्वमा हुने असन्तुलनले मान्छे बिरामी हुनसक्छ । हातले खाना खाँदा यही सन्तुलनले शरीरलाई स्वस्थ बनाउँछ भन्ने मान्यता छ ।

    तसर्थ, जब हामी खाना खान्छौं हामी यही पञ्च तत्वलाई सन्तुलित गराउने गर्छाैं । जसका कारण खाना अधिक ऊर्जावान हुन्छ र यसले हाम्रो शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ । हातले खाना खाँदा के–के हुन्छ फाइदा ?

    पाचन प्रणालीमा सुधार

    खानाको स्पर्श गर्नु नै हाम्रो शरीरको पाचन प्रणालीको लागि महत्वपूर्ण हुन्छ । जस्तो, हामीले हातले खाना छुन्छौं त्यो जानकारी खाना मुखमा जानु पहिले नै दिमागमा पुगेको हुन्छ । चेतन दिमागले त्यो सूचना पेटसम्म पुर्‍याउँछ । यो सूचनासँगै पेट खाना पचाउनको लागि तयार भएर बस्छ । यसले पाचन प्रणालीमा मद्दत पुर्‍याउँछ ।

    माथि उल्लेख गरिए जस्तै जब हामी खाना खान्छौं हातले स्पर्श गरेसँगै हाम्रो खाना मुखमा जानेवाला छ भन्ने थाहा हुन्छ । यसलाई माइन्डफुल खाना भन्ने चलन छ । यसरी हातले खाना खाँदा खानामा पोषक तत्वको मात्रा समेत वृद्धि हुन्छ भन्ने मान्यता छ । समग्रमा हातले खाना खाँदा खानामा पोषण तत्वको वृद्धि हुने, पाचन सुधार गर्छ र समग्रमा हामीलाई स्वस्थ राख्ने काम गर्छ ।

    जिभ्रो पोल्ने सम्भावना कम हुन्छ

    हातले खाना खानुको फाइदाहरूमध्ये एक भनेको यसले हाम्रो जिब्रो जलाउँदैन । जब तपाईं आफ्नो हातले खाना उठाउनुहुन्छ, तपाईंलाई थाहा हुन्छ कि तपाईं कति खाना खान लाग्नु भएको छ । यदि खाना धेरै तातो छ भने तपाईंलाई थाहा हुन्छ र त्यसलाई जिभ्रोमा लैजानुहुन्न । यसरी जिभ्रोलाई तातोबाट चाउनको लागि पनि चम्चाभन्दा हातले खाना खानु उपयुक्त हुन्छ ।

    खोजौं रैथाने खानेकुरा

    तपाईं कहाँ बस्नुहुन्छ ? गाउँ वा शहर ? पहाड वा तराई ? सुगम वा दुर्गम ? भूगोल जहाँ भएपनि तपाईं बस्ने माटोमा रैथाने सागसब्जी पाइन्छ । ति सागसब्जी तपाईंले नियमित खेतीपाती गरेर उत्पादन पनि गरिरहनुभएको हुनसक्छ । च्याउ, निगुरो आदि चाहि जंगलमा यसैपनि फेला पार्न सकिन्छ । तपाईंले राम्ररी पहिचान गर्ने हो भने यस्ता थुप्रै सागसब्जी, अन्न फेला पार्नुहुनेछ, जो तपाईंकै माटोमा राम्ररी सप्रन्छ । यस्ता सागसब्जी, अन्नहरु उत्पादन गरेर आफ्नै लागि उपभोग गर्न सकिन्छ । हुनसक्छ, कतिपयसँग खेतीपाती गर्ने जग्गाजमिन नहोला । यद्यपि घरकै करेसाबारी, छत, बार्दली आदिमा पनि सागसब्जी लगाउन सकिन्छ ।

    हाम्रो माटोमा अनेकथरीका सागसब्जी उत्पादन हुन्छन् । अन्न उत्पादन हुन्छन् । त्यसलाई कसरी बनाएर सेवन गर्ने भन्ने कुरा महत्वपूर्ण हो । अर्थात रैथाने परिकारलाई स्वादिलो बनाउने पाककला पनि आफुसँग हुनुपर्छ । पाककला छ भने जस्तोसुकै खानेकुरालाई पनि थरीथरीको परिकार बनाएर सेवन गर्न सकिन्छ । त्यसको स्वादमा विविधता थप्न सकिन्छ । हामी जुन भूगोल एवं माटो र हावापानीमा हुर्कन्छौं, त्यहीको रैथाने उत्पादन नै हाम्रो शरीरका लागि बढी उपयोगी हुन्छ । पहाडमा बस्नेले तराईको उत्पादन सेवन गर्नुभन्दा स्थानिय उत्पादन सेवन गर्नु राम्रो हो । किनभने हामी जुन हावापानीमा बस्छौं, हाम्रो शरीरले त्यही अनुसारको खानेकुरा माग्छ ।

    तपाईंका घर आसपासमा कतिथरी वनस्पति छन् रु ति वनस्पतिमध्ये कति खान योग्य छन् रु कति स्वादिलो र पोषिलो छन् रु पहिचान गर्न सकिन्छ । हामी अक्सर त्यही खानेकुरा मात्र सेवन गरिरहेका हुन्छौं, जो पुस्तौं अघि हाम्रा पूर्खाले पहिचान गरे । जबकि हाम्रा आसपासमा उत्पादन हुने अरु थुपै्र वनस्पति खानयोग्य हुन्छन् । खानयोग्य मात्र होइन, विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छन् । ति वनस्पतिको पहिचान गरेर पनि हामीले आफ्नो खाद्य भण्डारलाई समृद्ध बनाउन सक्छौं ।

    खानेकुरा भनेको शरीरको एक अंश हुन् । जब तपाईं कुनै खानेकुरा सेवन गर्नुहुन्छ, त्यो तपाईंको शरीरको अंश बन्छ । त्यसैले त जस्तो खानेकुरा सेवन गर्छौं, हाम्रो शरीर पनि त्यस्तै हुन्छ । अहिले हामीले खानेकुरा सन्तुलित, सुपाच्य र पोषिलो छ भन्ने कुरामा सन्देह गर्नुपर्ने हुन्छ । किनभने हामी आफै पनि खानपानप्रति त्यती सजक एवं सर्तक छैनौं ।

    अहिले धेरैको शरीर रोगको भण्डार बन्दैछ र त्यसको कारण बनेको छ अस्वस्थ्यकर खानेकुरा ।

    साग चाहियो, बजारमा खरिद गर्न पुग्छौं । सिमी चाहियो, बजार धाउँछौं । चामल, दाल, तेल, मसला सबै बजारबाटै आपूर्ति गर्छौं । यसरी आयतित खानेकुरामा हामी सम्पूर्ण रुपमा निर्भर छौं । जबकि हामीले थोरैमात्र प्रयास गर्ने हो भने आफ्नै उत्पादनले धेरै छाक टार्न सक्छौं । अर्थात हामी आफैले उत्पादन गरेका, अग्र्यानिक खानेकुरा आफ्नो छाकमा समावेश गर्न सक्छौं ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ