• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update फोटो-फिचर विशेष

    निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो काठमाडौँ, हेर्नुहोस २५ तस्बिरमा

    2.7K
    SHARES
    सबै तस्विर समिर चन्द/ सञ्चारकेन्द्र

    काठमाडौँ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले बुधबार बेलुका १२ बजेदेखि लागु हुने गरी देशको संघीय राजधानी काठमाडौँमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञापछि बिहिबार काठमाडौँका सडकमा आंशिकरुपमा सवारी साधानहरु चलेका छन् । ५ महिनाअघि भएको लकडाउनको तुलनामा निषेधाज्ञामा सवारी साधान चलेकै देखिन्थे ।

    काठमाडौँको नया बानेश्वर, कोटेश्वर, रत्नपार्क, सुन्धारा, माइतिघर, बागबजार, नया बसपार्क क्षेत्र कतै सुनसान त कति अलिअलि सवारीसाधन ओहोरदोहोर गरेको देखियो । राजधानीको कोटेश्वरदेखि रत्नपार्कसम्म पुग्दा सुरक्षाकर्मीले भने चेकजाँच गरिरहेका देखिन्थे।

    सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा मात्रै देखिएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेर फाट्फुट्ट यात्रा गर्नेहरुलाई पनि तैनाथ सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर होल्डिग सेन्टरमा राखेको देखिएको छ । निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु/सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् ।

    अत्यावश्यक सेवा दिनेबाहेक सबै व्यापार/व्यवसाय, निजी तथा सार्वजनिक र सरकारी कार्यालय सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयले भने न्यूनतम कर्मचारी संख्या निर्धारण गरी फोटोसहितको परिचयपत्रका आधारमा बिहान ९ बजेदेखि १०ः३० भित्र कार्यालय पुग्ने र दिउँसो ३ बजेदेखि ५ः३० भित्र फिर्ता भइसक्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

    पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु तथा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने–आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्नेबाहेक सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

    यसैगरी कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन, मानिस भेला हुन, भीडभाड, सभा/जुलुस गर्न निषेध गरिएको छ । दैनिक आन्तरिक नित्यपूजाबाहेक मठ/मन्दिरलगायतमा धार्मिक तथा सांस्कृतिक सेवा, सबै किसिमका शैक्षिक गतिविधिलगायतलाई पनि निषेध गरिएको छ ।

    बैंक तथा बित्तीय संस्थाले सम्भव भएसम्म विद्युतीय सेवा दिनुपर्ने र त्यो सम्भव नभए न्यूनतम कर्मचारीबाट आवश्यक स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गर्नुपर्ने प्रशासनको आदेश छ । हवाई उडानबाट बाहिर जानेका हकमा पासपोर्ट, भिसा, हवाई टिकट हेरेर सवारीसाधनलाई विमानस्थलसम्म जान सहजीकरण गरिने भनिएको छ ।

    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आर आर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ