• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपालको राष्ट्रिय झण्डा जलाउने मुख्य योजनाकारसहित ९ जना पक्राउ

    0.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका मुख्य योजनाकारसहित अन्य ९ जनालाई प्रहरीले पक्राउ छ । गायक ग्याल्जेन दोर्जे तामाङ सहित ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

    ग्याल्जेनलाई प्रहरीले स्वयम्भूको भगवान पाउबाट पक्राउ गरेको हो । सो समूहले युट्युवमा अपलोड गरेको ‘देशद्रोही’ शीर्षकको भिडियो विवादमा परेको थियो । पक्राउ परेका मुख्य आरोपी ग्याल्जोन दोर्जे तामाङ भन्ने रोजित कुमार तितुङ मंगोलिनय ग्रुपका सदस्य हुन् ।

    पक्राउ पर्नेमा लावाङ तामाङ, चलाकमान तामाङ उर्फ प्रयास, अनोज कुमार तितुङ उर्फ मंगोल बुद्ध, हुत्तबहादुर तामाङ उर्फ संजय, कमलबहादुर लामा, अरुणा थामीसहित ९ जना रहेका छन् ।

    मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भएको छ । भिडियोमा क्षेत्री, बाहुन समुदायलाई अश्लिल गाली गरिएको छ ।

    मुलुकी अपराध संहिता–०७४ अनुसार जात, जाति सम्प्रदाय वा बर्गको भावनामा आघात पर्र्याउन पाइँदैन । त्यस्तै राष्ट्रिय झण्डाको अपमान वा क्षति गरेमा तीन बर्षसम्म कैद वा तीस हजार जरिवाना हुने कानुनी ब्यवस्था छ ।

    यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले “देशद्रोही“ शीर्षकको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ । राप्रविसंका केन्द्रिय महासचिव जनक फडेराले मंगलबार एक बिज्ञप्ति जारी गर्दै गीतमा राष्ट्रियताको प्रतीक सम्पुर्ण नेपाली जनताको सम्मान रहेको राष्ट्रिय झण्डा जलाउने र समाजमा बिभेद फैलाउने खालको शब्द प्रयोग गरिएको भन्दै यसमा संग्लनहरुमाथि कारवाहीको माग गरेका छन् ।

    केही समय अगाडि “Mangol Hop official” नामक युट्युब च्यालनबाट युट्युबमा अपलोड गरिएको “देशद्रोहि“ शीर्षक भद्दा गितमा राष्ट्रियताको प्रतीक सम्पुर्ण नेपाली जनताको सम्मान रहेको राष्ट्रिय झण्डा जलाउने र समाजमा बिभेद फैलाउने खालको , “ बाहुन क्षेत्रि चोर हुन् “ भन्ने जस्ता शब्द प्रयोग गरिएको , सामाजिक सदभाव खलबलाउने कार्य गरिएको प्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’ बिज्ञप्तिमा भनिएको छ ।

    राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु नेपालको संविधानले पनि अपराध मानेको भन्दै राप्रविसंले उक्त गीतलाई बन्देज गरी राष्ट्रद्रोहजस्तो अपराधमा संलग्न सबैलाई हदै सम्मको कारबाही गर्न जोडदार माग गरेको छ । यस्ता गलत कार्यमा संलग्नलाई कारवाही नगरिए राप्रविसं कडा संघर्षमा उत्रिने चेतावनी समेत बिज्ञप्तिमार्फत दिइएको छ ।

    ‘राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु नेपालको संविधानले पनि अपराध मानेको छ । र उक्त गीतलाई बन्देज गरी राष्ट्रद्रोहजस्तो अपराधमा संलग्न सबैलाई हदै सम्मको कारबाही गर्न राप्रविसं केन्द्रीय समिति जोडदार माग गर्दछ। यस्ता गलत कार्यमा संलग्नलाई कारवाही नगरिए राप्रविसं कडा संघर्षमा उत्रिने चेतावनी दिन चाहन्छ।’ बिज्ञप्तिमा उल्लेख छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ