• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    प्रहरी घेराबन्दीमा रहेकी नेकपा नेतृ उमा भुजेल १२ औँ पटक पुन: गिरफ्तार

    1.5K
    SHARES

    काठमाडाैं । जिल्ला अदालत सुनसरीको आदेशमा रिहा भएकी बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेतृ उमा भुजेललाई प्रहरीले पुन: गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई अदालत परिसरमा निक्कै बेर घेराबन्दी गरेर राखेको थियो । अन्तत: मंगलबार साँझ उनलाई गिरफ्तार गरेको हो ।

    नेतृ भुजेलसंगै नेकपा जिल्ला नेता सुमन सिंह पौडेललाई पनि प्रहरीले गिरफ्तार गरेको छ । अदालतले रिहा गर्न आदेश दिएलगत्तै ठुलो संख्यामा घेराबन्दी गर्न आएको प्रहरीसँग नेतृ भुजेलले अभियोगसहित पक्राउ पुर्जी दिन माग गरेकी थिइन् ।

    नेकपाकी पूर्वपीबीएमसमेत रहेकी शिलुलाई प्रहरीले झूट्टा मुद्दा लगाएर १२ औँ पटक गिरफ्तार गरेको हो । जिप्रका इनरुवाले ३ वटा मुद्दा लगाएको भए पनि सबैमा सादा तारिक आदेश भएको थियो । अर्का नेता सुमनसिंह पौडेललाई पनि अदालतले सादा तारेखमा रिहा गरेको थियाे । प्रहरीले उनलाई सप्तरी लैजाने तयारी गरेको स्रोतले संचारकेन्द्रलाई बतायो ।

    अदालतको आदेशपछि संचारकेन्द्रको टेलिफोन सम्पर्कमा आएकी नेतृ भुजेलले आफुलाई प्रहरीले घेराबन्दीमा  बताएकी थिइन । केपी ओली सरकारले नेकपामाथि ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । त्यसयता नेकपाका कयौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्दै झुट्टा मुद्दा लगाउदै गरेको छ ।

    अहिले पनि नेकपा उच्चतहका नेता हेमन्त ओली सुदर्शन, उमा भुजेल, भरत् बम, ओमप्रकाश पुनलगायतका नेताहरु जेलमा छन् । देश कोरोना संक्रमणले आजित बनेका बेला ओली सरकार भने नेकपा नेता कार्यकर्तामाथि निक्कै नै निर्मम तरिकाले प्रस्तुत भइरहेकाे छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ