• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रिहा भएलगत्तै नेकपा नेतृ उमा भुजेल पुन: प्रहरी घेराबन्दीमा, अदालतको आदेश लत्याउदै गिरफ्तार गर्ने तयारी

    6.5K
    SHARES

    काठमाडाैं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ उमा भुजेल रिहा भएकी छिन । तर रिहा भएलगत्तै प्रहरीले पुन: गिरफ्तार गर्न उनलाई घेराबन्दीमा पारेको छ । नेतृ भुजेलसंगै रिहा भाहेका नेकपा युवा नेता  सुमनसिंह पौडेललाई पनि प्रहरीले घेराबन्दीमा पारेको छ ।

    मंगलबार जिल्ला अदालत सुनसरीले भुजेल र पौडेललाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएकी नेतृ भुजेल र पौडेललाई प्रहरीले पुन: गिरफ्तार गर्न अदालत परिसरमै घेराबन्दी गरेको छ ।

    रिहा भएलगत्तै संचारकेन्द्रसंग टेलिफोन सम्पर्कमा आएकी नेतृ भुजेलले बिना पक्राउ पुर्जी प्रहरीले आफुहरुलाई गिरफ्तार गर्न खोजिरहेको बताएकी छिन । पक्राउ पुर्जी केहि समयमा आउने भन्दै प्रहरीले आफुहरुलाई अदालत परिसरमै घेराबन्दीमा पारेको उनले संचारकेन्द्रलाई जानकारी दिइन् ।

    अदालतले पटक पटक रिहा गर्न आदेश दिदै आए पनि प्रहरी भने उनलाई बारम्बार अदालत परिसरबाटै गिरफ्तार गर्दै आएको छ । सयपटक पनि अदालतको आदेश लत्याउदै प्रहरीले उनलाई गिरफ्तार गर्न खोजिरहेको छ ।

    प्रहरीले उनीहरूलाई सङ्गठित अपराध, विस्फोटक पदार्थ ओसारप्रसार लगायतको मुद्दा लगाउदै आएको छ । प्रहरीले गत पुसमा उनीहरुलाई सुनसरीको बराहा नगरपालिकाको शुक्रबारेबाट गिरफ्तार गरेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ