• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोनाको खोप लगाएकी पुटिनकी छोरीको शरीरमा देखियो यस्तो परिवर्तन, विश्व नै दंग

    4.5K
    SHARES

    काठमाडौं । रुस कोरोनाबिरुद्धको भ्याक्सिन आधिकारिक रूपमा दर्ता गर्ने विश्वको पहिलो देश बन्न पुगेको छ। मंगलबार राष्ट्रपति भ्लादिमीर पुटिनले देशमा कोरोनाको पहिलो खोप बनेको घोषणा गरेका हुन।

    भ्याक्सिनको पहिलो डोज आफ्नी छोरीलाई दिइएको पुटिनले आफ्नो सम्बोधनमा बताएका थिए। उनकी छोरीलाई दुई खुराक दिइएको थियो। खोप दिइएपछि उनको शरीरमा तापमानको बदलाब रेकर्ड गरिएको थियो।

    राष्ट्रपति पटिनका अनुसार पहिलो डोज दिँदा छोरीको शरीरको तापक्रम ३८ डिग्री सेल्सियस थियो। जब खोपको दोस्रो डोज दिइयो तापक्रम १ डिग्री घटेर ३७ डिग्रीमा सेल्सियस पुगेको थियो। तर, केही समय पछि फेरि तापक्रम बढ्यो र विस्तारै सामान्य अवस्थामा फर्कियो।

    राष्ट्रपति पुटिनका मारिया र क्याट्रिना नामका दुई छोरी छन्। पुटिनले यी दुई मध्ये कुनलाई खोप दिइएको हो? भनेर स्पष्ट पारेका छैनन तर, सुई लगाएपछि छोरीले स्वस्थ महसुस गरिरहेको उनले बताएका छन्।

    खोपपछि उनको शरिरमा ठूलो मात्रामा एन्टीबडी बनेको छ। राष्ट्रपति पुटिनले मंगलबारको आफ्नो सम्बोधनमा खोपले जाँचको धेरै चरण पार गरेको र सुरक्षित रहेको बताएका थिए।

    रुसले कोरोनाको पहिलो खोपको नाम ‘स्पुतनिक-V’ राखेको छ। र यसको तस्विर पनि सार्वजनिक गरेको छ। रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोका अनुसार विश्वका २० देशले आफ्नो देशमा बनेको पहिलो कोरोना खोपका लागि करौडौं डोजको प्रि-अर्डर गरिसकेका छन्।

    रुसले ‘डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’बाट भ्याक्सिन ठूलो परिमाणमा बनाउन र विदेश प्रवर्द्धन गर्न लगानी गरिरहेको छ। रुसी वेबसाइटहरूका अनुसार भारत, साउदी अरेबिया, इन्डोनेसिया, फिलिपिन्स, ब्राजिल, मेक्सिको जस्ता देशहरूले यो खोपका लागि इच्छा देखाएका छन्। रूसले २०२० को अन्त्यसम्ममा यो खोपको २० करोड डोज उत्पादन गरिसक्ने योजना बनाएको समाचारमा जनाइएको छ। यस मध्ये रुसले ३ करोड आफूसँग राख्ने छ।

    फेज-३ को ट्रायल पछि खोपको उत्पादन सेप्टेम्बरमा सुरु हुनेछ। रुसले तेस्रो चरणको ट्रायल २ हजार भन्दा बढि मानिसमा यही अगस्ट १२ देखि साउदी अरेबिया, ब्राजिल, भारत र फिलिपिन्स जस्ता देशहरूमा गर्ने योजना बनाएको समाचारमा जनाइएको छ।

    रुसले आफ्नो देशमा बनेको पहिलो कोरोना खोपलाई तत्कालिन सोभियत संघले पहिलो पटक बनाएको उपग्रह ‘स्पुतनिक-V’ को नाम दिएको हो। जसलाई सोभियत संघले १९५७ मा लन्च गरेको गरेको थियो। कोरोना भाइरसबारे अहिले धेरै देशले खोप बनाइरहेका छन्।

    रुसले एक महिना अघिनै आफ्नो खोप परीक्षणमा अगाडि रहेको संकेत गरेको थियो। र यसलाई १० देखि १२ अगस्टको बीचमा दर्ता गरिने बताएको थियो। सोही तयारी अनुसार रुसका राष्ट्रपति पुटिनले मंगलबार पहिलो खोप बनाएको घोषणा गरेका हुन। अमेरिका र बेलायत जस्ता पश्चिमा देशहरुले रसियाको यो खोपलाई पत्याएका छैनन्।

    रुसमाथि खोप बनाउने सूत्र चोरेको आरोप समेत लागिरहेको छ। अमेरिका लगायतका देशले प्रश्न उठाएपछि अरुले के भन्छ भन्ने कुरामा आफूहरु नलाग्ने रुसी अधिकारीले बताएका छन।

    यो खोपलाई मान्यता दिने देशहरुमा खोप नोभेम्बर-डिसेम्बर सम्म ती देशमा उपलब्ध हुनसक्ने रुसले जनाएको छ। रुसले बनाएको यो औषधीमा विश्वास नहुने देशलाई खोप नदिइने र ती देशहरुलाई आफै खोप बनाउन रुसले जवाफ दिएको छ।

    रुसी रक्षा मन्त्रालयका अनुसार ट्रायलमा खोप परीक्षणको नतीजा सर्वाजनिक भएको छ। खोप परीक्षण गरिएका स्वयंमसेवमा राम्रो इम्युनिटी विकास भएको प्रमाण फेला परेको छ। परीक्षण गरिएका स्वयंसेवकहरुमा यस औषधीको साइड इफेक्ट नदेखिएको दाबी गरिएको छ।

    रुसले आफ्नो देशमा बनेको पहिलो खोप क्लिनिकल ट्रायलमा १०० % सफल भएको दाबी गरेको हो। रुसी अधिकारीहरुका अनुसार यो खोप दिइएपछि केहीमा ज्वरो आउँने गर्छ। उक्त ज्वरोलेनै शरीरमा एन्टिबडी विकास गर्ने दाबी गरिएको छ। ट्रायलको रिपोर्ट अनुसार खोप लगाइसकेका स्वयंसेवकहरूमा भाइरस विरुद्धको इम्युनिटी विकास भएको हो।

    गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना महामारीको प्रकोप पछि अहिले धेरै देश यो अदृश्य शत्रुसँग संघर्ष गरिरहेका छन्। महामारीका रुपमा फैलिएको यो भाइरसबाट विश्वभर दुई करोडभन्दा बढी संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबार दिउँसोसम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ ।

    एकैदिन १ लाख ९१ हजार ५२१ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार बिहान यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमितको संख्या २ करोड २० लाख ४१ हजार ३०४ पुगेको छ । यस्तै एकै दिन थप ४ हजार ८३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार १९४ पुगेको छ ।

    संक्रमितमध्ये १ करोड ४७ लाख ८३ हजार ६७० जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६ प्रतिशत हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ३७६ जनाको मृत्यु भएको छ । ३२ लाख ३ हजार ५११ जना संक्रमित भएकोमा १९ लाख १७ हजार ५८ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४८ हजार ४६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६६ लाख १८ हजार ८५ पुगेको छ । त्यसमध्ये ३६ लाख ४४ हजार ५८६ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा १ लाख २१ हजार ५२४ जनाको मृत्यु भएको छ । ५७ लाख ३८ हजार २२२ जना संक्रमित भएकोमा ४४ लाख ६६ हजार ७२६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७७ हजार ४२३ जनाको मृत्यु भएको छ । ५३ लाख २२ हजार ८६७ जना संक्रमित भएकोमा ३८ लाख ८८ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा २५ हजार ९४२ जनाको ज्यान गएको छ भने ११ लाख ३२ हजार १०१ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ४९ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४४७ जनाको मृत्यु भएको छ । २५ हजार ७९७ जना संक्रमित भएकोमा १६ हजार २९० जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ