काठमाडाैं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले “देशद्रोही“ शीर्षकको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ । राप्रविसंका केन्द्रिय महासचिव जनक फडेराले मंगलबार एक बिज्ञप्ति जारी गर्दै गीतमा राष्ट्रियताको प्रतीक सम्पुर्ण नेपाली जनताको सम्मान रहेको राष्ट्रिय झण्डा जलाउने र समाजमा बिभेद फैलाउने खालको शब्द प्रयोग गरिएको भन्दै यसमा संग्लनहरुमाथि कारवाहीको माग गरेका छन् ।
केही समय अगाडि “Mangol Hop official” नामक युट्युब च्यालनबाट युट्युबमा अपलोड गरिएको “देशद्रोहि“ शीर्षक भद्दा गितमा जसको लिंक यस प्रकार छ (https://youtu.be/THyGVAWzSx4 ) राष्ट्रियताको प्रतीक सम्पुर्ण नेपाली जनताको सम्मान रहेको राष्ट्रिय झण्डा जलाउने र समाजमा बिभेद फैलाउने खालको , “ बाहुन क्षेत्रि चोर हुन् “ भन्ने जस्ता शब्द प्रयोग गरिएको , सामाजिक सदभाव खलबलाउने कार्य गरिएको प्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’ बिज्ञप्तिमा भनिएको छ ।
राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु नेपालको संविधानले पनि अपराध मानेको भन्दै राप्रविसंले उक्त गीतलाई बन्देज गरी राष्ट्रद्रोहजस्तो अपराधमा संलग्न सबैलाई हदै सम्मको कारबाही गर्न जोडदार माग गरेको छ । यस्ता गलत कार्यमा संलग्नलाई कारवाही नगरिए राप्रविसं कडा संघर्षमा उत्रिने चेतावनी समेत बिज्ञप्तिमार्फत दिइएको छ ।
‘राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु नेपालको संविधानले पनि अपराध मानेको छ । र उक्त गीतलाई बन्देज गरी राष्ट्रद्रोहजस्तो अपराधमा संलग्न सबैलाई हदै सम्मको कारबाही गर्न राप्रविसं केन्द्रीय समिति जोडदार माग गर्दछ। यस्ता गलत कार्यमा संलग्नलाई कारवाही नगरिए राप्रविसं कडा संघर्षमा उत्रिने चेतावनी दिन चाहन्छ।’ बिज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया