• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    स्वार्थ समुहको ‘माेहजाल’मा सुदुरपश्चिम सरकार, कर्मचारीहरूको मनपरी सरुवा गर्न ४ महिनामै कार्यविधि नै संसोधन

    4.3K
    SHARES

    धनगढी । बिगत १ दशकदेखि तराईमा बसेर बन क्षेत्रमा रजगज गर्दै आएका रुपमा वन रक्षक तर सारमा वन भक्षकहरु फेरी सलाबलाउन थालेका छन् । केहि समयअघि समायोजनको क्रममा पहाडि जिल्लाहरुमा सरुवा गरेर सुदुर पश्चिम प्रदेश सरकारले कमाएकाे प्रतिष्ठा, मान सम्मान फेरि तिनै स्वार्थी समुहलाई तराई ल्याउने बाटाे खाेलिदिएर गुमाउन पुगेकाे छ । यहि बैसाख २४ गते पास गरिएको प्रदेश सरकार कमचारी सरुवा तथा काजसम्बन्धि कार्यविधि २०७७ चार महिना नबित्दै पहिलो संसोधन गरिएको हो ।

    ‘हामी जतिसक्दाे लगानी गर्छौ, सरुवाकाे कार्यविधि संसोधन वा आफू अनुकुल बनाएर भएपनि तराई झर्छौ’ भन्दै भट्टी थर्काउने सो समुहले भनेझै कर्मचारी सरुवा तथा काजसम्बन्धि कार्यविधि चार महिनामै संसोधन भएपछि तिनै व्यक्तिहरुले विगतमा गर्दै आएको कूकृत्य दाेहाेरिने डरले वनप्रेमीहरु चिन्तित भएका छन्।

    विगतमा तराई कार्यक्षेत्र बनाएर बसेका बेला उक्त समुहको ग्राइन्ड डिजाइनमा अत्तरियाकाे सब डिभिजन बन कार्यालयकाे जग्गा भागबन्डा गरी अतिक्रमण गराइएकाे थियो भने गेटा वन कार्यालयकाे जग्गा पनि यहि समुहको संरक्षणमाका कारण सरकारकाे हातबाट गुम्ने अवस्थामा पुगेकाे छ । त्यसबखत पनि कहिले रानी जमरा सिचाई आयोजनाबाट उत्पादन भएको काठ हिनामिना भएको थियो भने हुलाकी राजमार्ग लगयात बन क्षेत्रको काठ नै हिनामिना र तस्करी बढेको थियो ।

    साथै हाइवे वरपरको क्षेत्रहरुमा यसै समुहले अतिक्रमण समेत गराउने गरेको थियो । कहिले बिना राजश्व बिमार्क गराउने, फर्जी छाेडपूर्जी बनाएर काठ निकासी गर्ने, निजी आवादीका नाममा जंगलका रुख बेच्ने, सुकुम्बासीका नामका फर्जी काठ बुझेको लगत बनाएर काठ मीलमा बेच्ने, जनतालाई सहज रुपमा दिनुपर्ने आपूर्तिकाे काठ ठेकेदारलाई दिने लगायतका हर्कतहरु यस अघि नै सार्वजनिक भसकेका थिए ।

    बिगत लामो समयदेखि कैलाली कंचनपुर जिल्लाको बन क्षेत्रमा रजराग जमाउदै आएका बन कर्मचारीहरुकाे गत बर्ष मात्रै समायोजनको क्रममा पहाडी जिल्लाहरुमा सरुवा गरिएको थियो । तर दूर्भाग्य, तिनै कर्मचारीहरुलाई फेरि तराइका जिल्ला ल्याउनको लागि सोही स्वार्थी समुहको अनुचित चलखेलमा तथा ठुलो आर्थिक प्रभावमा पारी सरुवा तथा काजसम्बन्धि कार्यबिधी २०७७ तयार गरिएको स्रोतको दावी छ । निजामति सेवा नियमावलीमा दुई बर्षसम्म सरुवा नहुने नियम छ तर प्रदेश सरकारले कर्मचारी सरुवा तथा काजसम्बन्धि कार्यबिधी २०७७ नै तयार गरि “क” र “ख” जिल्लाहरुको हकमा डेढ बर्ष “ग” र ” घ”का जिल्लामा दुई बर्ष सेवा अबधि राखिएको छ ।

    बिगतमा तराइको राष्ट्रिय बन तथा सामुदायिक बनलाई दोहन गर्न खप्पिस केही व्यक्तिहरुले कार्यबिधि संसोधन भएपछि बिजयउत्सब नै मनाएका छन । विगतदेखि नै काज सरुवाको लागि दौड धुप गरे पनि त्यो बेला किशाेर धामी मात्रै काज सरुवा भएका थिए । अहिले तिनै धामीको सेटिङमा यी सबै कार्य भइरहेको स्रोतको दाबी छ । तत्कालिन बन सचिवले सो समुहको काज सरुवा गर्न नमान्दा त्यसबखत बनमन्त्री र सचिबबीच झगडा नै परेको थियो र पछि बनमन्त्री नै काठमाडौ गएर बन सचिबको सरुवा नै गराएका थिए ।

    प्रदेश निजामति कर्मचारी सरुवा तथा काजसम्बन्धि कार्यबिधि पहिलो संसोधन गरिएसङ्गै सो समुहले डिभिजन बन कार्यलय कैलालीको सदुपयोग फाट, डिभिजन बन कार्यालय कैलालीको विकास फाट, सब डिभिजन बन कार्यालय मसुरिया, सब डिभिजन बन कार्यालय धनगढी, सब डिभिजन कार्यालय बन चौमालालगायत डिभिजन बन कार्यालय पहलवानपुर लगायतका ठाउँमा सरुवाको लागि माेटो रकमको चलखेल सुरु भएको स्राेतले सञ्चारकेन्द्रलाई बतायो । यो बारेमा हामी नियमित फ्लोअफ गरिरहने छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ