• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोना संक्रमणबाट पहिलोपटक यी मन्त्रीको मृत्यु, देशभर त्रा’स

    1K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणबाट भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेका छन् ।

    चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चौहानको उपचार गुरुग्राम मेदान्ता अस्पतालमा हुँदै आएको थियो । उनलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटरको रुपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन् । यसैगरी मुख्यमन्त्री योगीले चौहान जति चर्चित खेलाडी थिए, त्यति नै लोकप्रिय नेता थिए भनेका छन् । उनले चौहानको अन्त्येष्टि मंगलबार हुने जानकारी दिएका छन् । भारतमा कोरोनाले भयावह रुप लिएपछि प्रधानमन्त्री मोदी तनावमा छन् ।

    त्यस्तै ‘दृश्यम’ निर्देशक निशिकान्त कामतको हैदरावाद अस्पतालमा सोमबार निधन भएको छ । ५० वर्षीय कामतकाे कलेजोको समस्याका कारण मृत्यु भएको ‘टाइम्स अफ इन्डिया’ले उल्लेख गरेको छ ।

    उनको निधनपछि बलिउड अभिनेता अजय देवगनले ट्वीटरमा लेखेका छन्, ‘निशिकान्तसँग मेरो सम्बन्ध तब्बु र मलाई लिएर बनाइएको फिल्म ‘दृश्यम’को मात्र थिएन । त्यो एउटा यस्तो सहकार्य थियो जसले मलाई उत्साह दियो । उनी सधैं हाँसिरहन्थे । चाँडै बिदा भए । हार्दिक श्रद्धाञ्जली निशिकान्त ।’

    त्यस्तै अभिनेता रितेश देशमुख लेख्छन्, ‘म तिमीलाई सम्झिहनेछु मेरो साथी । तिम्रो आत्माले शान्ति पाओस् ।’ यसअघि रितेशले रोगसँग लड्दै गरेका निर्देशक कामतका लागि सबैसँग प्रार्थनाको अपिल गरेका थिए ।

    ‘दृश्यम’बाट चर्चामा आएका निशिकान्तले इरफानलाई लिएर ‘मदारी’, जोन अब्राहमसँग ‘फोर्स’ र ‘रक्की ह्यान्डसम’ निर्देशन गरेका थिए । उनी मराठी फिल्मका निकै चर्चित निर्देशकमध्ये एक थिए । रितेश अभिनित मराठी फिल्म ‘लय भारी’सँगै ‘फुगे’जस्ता फिल्म निर्देशन गरेका थिए । हिन्दीमा उनले निर्देशन गरेको पहिलो फिल्म मुम्बइ बम ब्लास्टमाथि बनेको फिल्म ‘मुम्बइ मेरी जान’ थियो । उनले ‘रकी ह्यान्डसम’मा एक प्रमुख भूमिकामा अभिनय पनि गरेका थिए ।

    चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ । उनको सोमबार ९० वर्षको उमेरमा अमेरिकामा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।परिवारका सदस्यहरुमा अनुसार न्युजर्सीमा रहेको आफ्नै घरमा हृदयघातका कारण उनको सोमबार बिहान निधन भएको हो । पद्म श्री, पद्म भूषण र पद्म विभूषणलगायत थुप्रै पुरस्कारबाट सम्मानित पण्डित जसराजको जन्म सांगीतिक पृष्ठभूमि भएकै परिवारमा भएको थियो ।

    बुवा पण्डित मोतिरामले उनलाई संगीत सिकाएका थिए । उनी राजस्थानको मेवाती घरानसँग आवद्ध थिए । सन् १९३० मा हरियाणामा जन्मिएका पण्डित जसराज करिब ८ दशक सांगीतिक क्षेत्रमा सक्रिय रहे । उनले भारतका साथै अमेरिका र क्यानडामा पनि शास्त्रीय संगीतको प्रशिक्षण दिएका थिए ।

    पण्डित जसराजको सम्मानमा गत वर्ष मंगल र वृहस्पति ग्रहको बीचमा रहेको लघुग्रह ‘माइनर प्लानेट’ को नामकरण गरिएको थियो । इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन(आईएयू) ले उक्त ग्रहको नाम २००६ भीपी३२(नम्बर–३००१२८) लाई ‘पण्डित जसराज’ नाम दिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पण्डित जसराजको निधनले भारतीय सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

    भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनको संख्या ५० हजार नाघेको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ सय ४१ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५० हजार ९ सय २१ पुगेको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५७ हजार ९ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ६ सय ६३ पुगेको छ । कोरोना पुष्टि भएकामध्ये भारतमा निको हुनेको संख्या १९ लाख १९ हजारभन्दा बढी रहेको छ ।

    कोरोना भाइरसबाट सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा संक्रमितको संख्या ५ लाख ९५ हजारभन्दा बढी नाघेको छ । महाराष्ट्रमा मात्रै कोरोनाबाट २० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा थप ११ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने थप २ सय ८८ जनाको मृत्यु भएको छ ।

    यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड १६ लाखभन्दा बढी नाघेको छ । त्यस्तै कोरोनाबाट अहिलेसम्म करिब ७ लाख ७५ हजारको मृत्यु भएको छ । कोरोना पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ३६ लाखभन्दा बढी निको भएका छन् ।

    उता कोरोना महामारीका कारण जापानको अर्थव्यवस्थामा चरण संकट देखिएको छ । कोरोना भाइरसको महामारीका कारण जापानको कुल ग्राहस्थ उत्पादन(जीडीपी) मा इतिहासमै सबैभन्दा गिरावट आएको हो ।

    विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा ७.८ प्रतिशतले जीडीपी घटेको छ । कोरोना महामारीका बीच डामाडोल भएको अर्थव्यवस्था जोगाउनका लागि अहिले नीतिनिर्मातामाथि दबाब दिइएको छ । अप्रिल–जुनको त्रैमासिकमा जापानी अर्थव्यवस्थामा आधाभन्दा बढी योगदान दिने निजी खपतमा पनि ८.२ प्रतिशतले गिराववट आएको छ ।

    जापानमा मे महिनाको अन्तिमतिर संकटकाल हटाइएको थियो । त्यसपछि धेरै व्यापार व्यवसायलाई सञ्चालनका लागि अनुमति दिइएको थियो । अर्थविद्हरुका अनुसार जापानी अर्थव्यवस्थामा सुधार हुने–नहुने कुरा कोरोना महामारीको अवस्थामा भर पर्छ । मिजुसो रिसर्च इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री सैसुके सकाई भन्छन्, ‘आशा छ कि जुलाई–सेप्टेम्बर त्रैमासिकमा दुई अंकमा आर्थिक वृद्धि हुने आशा गरिएको छ । अप्रिल–जुनमा जुन क्षति भएको छ, त्यो भरपाई हुन सक्छ ।’

    जापानका अर्थमन्त्री यासुतोसी निसिमुराले पनि अर्थव्यवस्थालाई ‘ट्रयाक’ मा ल्याउन सरकारले ‘लचिलो र अनुकूल कदम’ उठाउने बताएका छन् । सोमबार बिहानसम्म जापानमा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट जापानमा एक हजार १ सय ३ जनाको मृत्यु भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ