• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोना महामारीलाई लिएर भयो अर्को डरलाग्दो पुष्टि, विश्व नै त्रसित, अब के होला ?

    1.5K
    SHARES

    काठमाडौं । कोरोना महामारीलाई लिएर फेरी अर्को डरलाग्दो पुस्गती भएको छ । विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ६६.२४ प्रतिशत अर्थात १ करोड ४१ लाख ३४ हजार ५६ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये २ लाख १४ हजार ७७१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।

    शनिबार यो समाचार तयार पार्दासम्म २ करोड १३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ७६ हजार ७८४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १३ लाख ३६ हजार ६१ पुगेको हो ।

    यस्तै एकैदिन ५ हजार ७२३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ६२ हजार ४४१ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ४९३ जनाको मृत्यु भएको छ । ३१ लाख २८ हजार ६२३ जना संक्रमित भएकोमा १८ लाख ९२ हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४४ हजार २८१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६४ लाख ४८ हजार ६३० पुगेको छ । त्यसमध्ये ३५ लाख १५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख १७ हजार १०३ जनाको मृत्यु भएको छ । ५४ लाख ८६ हजार ५३१ जना संक्रमित भएकोमा ४१ लाख ९६ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७३ हजार ९ जनाको मृत्यु भएको छ । ५१ लाख ४५ हजार ६५८ जना संक्रमित भएकोमा ३६ लाख ९८ हजार ८७४ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा २५ हजार १३९ जनाको ज्यान गएको छ भने ११ लाख १ हजार ६५ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख १४ हजार ३७५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४०१ जनाको मृत्यु भएको छ । २४ हजार ८३३ जना संक्रमित भएकोमा १५ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै विश्वमा पहिलो पटक रुसले निर्माण गरेको कोरोनाभाइरस विरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेसँगै उक्त खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने बताएका हुन् ।

    राष्ट्रपति पुटिनले आफ्नी छोरीलाई उक्त खोपको लगाउँदा कोरोनाको संक्रमण निको भएको बताउँदै पूर्णरुपमा सुरक्षित रहेको दाबी गरेका छन् । उनले विश्वमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप दर्ता गरिएको समेत बताए ।

    रुसले दर्ता गरेको नयाँ खोप ‘स्पुतनिक पाँचौ’ को प्रयोग गर्न फिलिपिन्स र भेनेजुएला तयार भएका हुन् । परीक्षण सफल भएपछि भेनेजुएलामा उक्त खोपको प्रवर्द्धन र प्रयोग गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    रुसी अधिकारीहरुका अनुसार भेनेजुएलाले उक्त खोप दर्ता हुनुअघि नै क्लिनिकल ट्रायलमा नै सहभागी हुन प्रस्ताव गरेको थियो । यस्तै फिलिपिन्सले पनि यही वर्षको अन्त्यअघि नै क्लनिकल परीक्षण गरिने बताएको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त खोपलाई विभिन्न चरण हुँदै आम जनतामाझ पुर्‍याउने बताएका छन् । रसियाले अर्को महिनादेखि प्रतिमहिना लाखौं भ्याक्सिन उत्पादन गर्ने जनाएको छ ।

    त्यस्तै आफुले बनाएको कोरोना भ्याक्सिनबारे अन्तर्राष्ट्रियस्तरमा नै आलोचना हुन थालेपछि रुसले मुख खोलेको छ । उसले अन्तर्राष्ट्रिय चिन्ताको ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ । मंगलबार रुसले कोरोना भ्याक्सिन निर्माण गरि दर्ता गरिएको घोषणा गरेको थियो । जुन भ्याक्सिनलाई २ महिनासम्म मानिसमा परीक्षण गरिएको र अनुमोदन गरिएको जनाइएको छ । तर विज्ञहरुले भने रुसको यो दाबीमाथि शंका गर्दै आइरहेका छन् ।

    विशेषगरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले रुसको यो दाबीप्रति शंका गर्दै सतर्क रहन भनेका छन् । बुधबार रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो लाग्छ कि हाम्रा विदेशी साथीहरुले रुसी चिकित्सा प्रतिस्पर्धामा अगाडी बढ्न खोजेको आरोप लगाएका छन् र त्यसरी बुझेका छन्, जुन कुरा एकदमै निराधार हो ।’

    रुसी अधिकारीहरुका अनुसार अक्टोबरदेखि ठूलो संख्यामा खोप लगाउन सुरु गरिनेछ । मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पहिलो कोरोना भ्याक्सिन निर्माण गरेको जानकारी दिएका थिए । पहिलो खोप उनले आफ्नै छोरीलाई दिइएको बताएका छन् । विश्व स्वास्थ्य संगठनले भने यो खोपको समीक्षा गर्न रुसी अधिकारीहरुसँग सम्पर्क अघि बढाएको जनाएको छ ।

    विश्व स्वास्थ्य संगठनले अहिले विश्वमा निर्माण भैरहेका मुख्य ६ वटा खोपहरुको अनुगमन गरिरहेको छ । जुन खोपहरुको विकासको चरणमा रहेका छन् । तर रसियाले निर्माण गरिरहेको खोपलाई भने समावेश गरेको थिएन । रसियाले सो खोपको नामा ‘स्पुतनिक’ राखेको छ ।

    यस्तै फिलिपिन्स र भेनेजुयलाले आफ्नो देशमा रुसी भ्याक्सिन प्रयोग गर्ने भएका छन् । गत मंगलबार रुसमा दर्ता भएको ‘स्पुटनिक पाँचौ’ कोभिड–१९ भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल आफ्नो देशमा गर्न उनीहरु तयार भएका हुन् । भेनेजुयलाले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन दर्ता गर्ने रुसी प्रस्तावको स्वागत पनि गरेको छ । परीक्षण सफल भएमा स्थानीय बजारमा यसको प्रवर्द्धन र प्रयोगका लागि भेनेजुयला तयार रहेको भेनेजुयलाका लागि रुसी राजदूत सर्गेइ मेलिक ब्यागदासारोभले बताएका छन् ।

    ‘स्पुटनिक पाँचौ दर्ता हुनअघि नै हामीले भेनेजुयलाबाट यसको क्लिनिकल ट्रायलमा सहभागी हुने प्रस्ताव पाएका थियौं । यसलाई संयुक्त रुपमा स्थानीय बजारमा प्रतिनिधित्व गर्ने प्रस्ताव पनि आएको छ,’ राजदूत सर्गेइले भने । फिलिपिन्सले पनि अक्टुबरदेखि आफ्नो देशमा यसको क्लिनिकल परीक्षण थाल्नेबारे कुरा भइरहेको राष्ट्रपति रोड्रिगो दुतार्तेका प्रवक्ता ह्यारी रोक्यिुले जनाएका छन् ।

    यसअघि फिलिपिन्सका राष्ट्रपति दुतार्तेले रुसको गामालिया इन्स्टिच्युटले तयार पारेको यस भ्याक्सिनको क्लिनिकल परीक्षणमा समावेश हुन आफु तयार रहेको बताएका थिए । रुसले तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु हुनअघि नै मंगलबार भ्याक्सिन दर्ता गरेको हो । तेस्रो चरणको क्लिनिकल परीक्षण र समूहमा भ्याक्सिन लगाउने काम एकसाथ अघि बढाउने योजना रुसले बनाएको छ । पहिलो चरणमा शिक्षक र स्वाथ्यकर्मीहरुलाई भ्याक्सिन लगाउने रुसको योजना छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार भएको र आफ्नी छोरीमा यसको परीक्षण गरिएको घोषणा गरेका थिए । उनले यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित रहेको दाबी गरेका थिए । यता, विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले भने तेस्रो चरणको क्लिनिकल परीक्षण नसकी कुनै पनि भ्याक्सिनले स्विकृति पाउन नसक्ने जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ