• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    गिरफ्तार नेता बोहरालाई तत्काल रिहा गर्न नेकपा डोटीको चेतवानी, विज्ञप्तिसहित

    825
    SHARES

    काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट डोटीले बिना कारण गिरफ्तार गरिएका आफ्ना जिल्ला नेतालाई तत्काल रिहा गर्न माग गरेको छ । शुक्रबार नेकपा डोटीका जिल्ला इन्चार्ज तर्कराज र सेक्रेटरी कालु पाण्डेले एक बिज्ञप्ति जारी गर्दै विपिनगरबाट गिरफ्तार गरिएको कृष्ण बहादुर बोहरालाई बिनासर्त ससम्मान रिहा गर्न माग गरेका छन् ।

    धनगढीमा उपचार गरी फर्किने क्रममा नेकपा जिल्ला कमिटी सदस्य कृष्ण बहादुर बोहरालाई बड्डिकेदार गाउँपलिकाको विपिनगरबाट बिनाकारण गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरेको भन्दै नेकपाले आपत्ति जनाएको छ ।

    ‘मिति २०७७/०४/२९ गतेका दिन धनगढीबाट उपचार गरी फर्किने क्रममा हाम्रो पार्टीका जिल्ला कमिटी सदस्य कमरेड कृष्ण ब. बोहरालाई बड्डिकेदार गाउँपलिकाको विपिनगरबाट दलाल सत्ताका मतियारहरुले बिनाकारण गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरेको घृणित हर्कतप्रति घोर भत्सर्ना र निन्दा व्यक्त गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ ।

    डोटी जिल्लामा भइरहेको भ्रष्ट्राचार, कमिशन र दलालीको भन्डाफोर गर्दै यस्ता कुकार्य र जनविरोधी गतिविधिका विरुद्धमा आफ्नो पार्टी संघर्ष गर्दै आईरहेको हुँदा विगत केही समययता गाउँघरमा रहेका फटाह र भ्रष्ट जनप्रतिनिधिहरुको योजनामा प्रहरी प्रशासन र सिआईडी-सुराकीहरुले पार्टीका नेताकार्यकर्ताहरुको घरमा खानतलासी गर्ने, पार्टी शुभचिन्तकहरुलाई धम्काउने गतिविधि गर्दै आएकाे पनि विज्ञप्तिमा उल्लेख छ । यस्ता अमानवीय र मानवअधिकार विरोधी हर्कत तत्काल रोक्न नेकपाले सम्बन्धित सबैलाई चेतवानी दिएको छ । अन्यथा पार्टीले आवश्यक जनकारबाही गर्ने बिज्ञप्तिमा उल्लेख छ ।

    ‘डाेटी जिल्लामा भइरहेको भ्रष्ट्राचार, कमिशन र दलालीको भन्डाफोर गर्दै यस्ता कुकार्य र जनविरोधी गतिविधिका विरुद्धमा हाम्रो पार्टी संघर्ष गर्दै आइरहेको हुँदा विगत केही समय यता गाउँघर रहेका फटाहहरु र भ्रष्ट जनप्रतिनिधिहरुको योजनामा प्रहरी प्रशासन र सिआईडी-सुराकीहरुले हाम्रो पार्टीका नेताकार्यकर्ताहरुको घरमा खानतलासी गर्ने, पार्टी शुभचिन्तकहरुलाई धम्काउने गतिविधि गर्दै आएका छ्न। यस्ता अमानवीय र मानवअधिकार विरोधी हर्कत तत्काल रोक्न सम्बन्धित सबैलाई सचेत गराउदछौ। अन्यथा पार्टीको आवश्यक जनकारबाहीको सामना गर्न तयार हुनुपर्ने छ।’ बिज्ञप्तिमा भनिएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ