• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    कालीकोट पहिरोमा परेर मृत्यु भएका ६ जनाकै सनाखत, नामावलीसहित

    797
    SHARES

    सुर्खेत । कालीकोटमा पहिरोले पुरेर मृत्यु भएका एकै परिवारका सबै ६ जनाकै सनाखत भएको छ । महावै गाउँपालिका-३, नकुमा बिहीबार राति १२ बजे वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुर्दा उनका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्टको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

    त्यस्तै राजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेखा विष्टको पनि सोही पहिरोमा परी मृत्यु भएको उनले बताए । एसएसपी बास्तोलाका अनुसार उनीहरु रातिको १२ बजेसम्म घरमै तीजको नाचगान गरिरहेका थिए । माथिबाट एक्कासी पहिरो आएपछि उनीहरु पुरीएका थिए । शुक्रबार बिहान मात्रै शव निकालिएको थियो ।

    यस्तै कालीकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुर्दा दुईजना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैहरेको प्रदेश प्रहरीले जनाएको छ । उता सिन्धुपाल्चोकको जुगल–२ लिदिको लामा टोलमा पहिरोमा परेर ३८ जना बेपत्ता भएका छन् ।

    शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए । घाइतेहरूको काठमाडौं र सिन्धुपाल्चोकमा उपचार भइरहेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पनि लिदि पुगेका छन् । वडाध्यक्ष लामाका अनुसार सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन् । पहिरोले ३७ घरमा क्षति पुर्‍याएको उनले बताए ।

    जुगल गाउँपालिकाले साउन २२ गते लिदिका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो । पालिकाका अनुसार वडा नम्बर २ कै सानोनाम्फा, सुकुली, सञ्चगाउँ, भुल्के, निम्लुङ, बैगाङ टोल पनि पहिरोको जोखिममा छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ