• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    मोरङको एउटै उद्योगका ५१ जनालाई कोरोना संक्रमण, दुई मजदुर सम्पर्कविहीन

    1.1K
    SHARES

    विराटनगर । मोरङको एउटै उद्योगका ५१ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालीमा कोरोना संक्रमित कामदारको संख्या ५१ पुगेको हो । बिहीबार २१ जना कामदारमा संक्रमण देखिएसँगै उद्योगमा काम गर्ने कर्मचारी तथा मजदुरको संख्या ५१ पुगेको हो ।

    बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक बासुदेव रेग्मीका बिहीबारसम्म उद्योगका कामदारमध्ये दुई सय जनाको पीसीआर जाँच गरिएको छ । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको उनले बताएका छन् ।

    अहिले उद्योग सिल गरेर संक्रमण पुष्टि भएका कामदारलाई उद्योगभित्रै राखिएको छ । केही कर्मचारी होम आइसोलेसनमा छन् । संक्रमण पुष्टि भएकामध्ये दुई जना भने सम्पर्कबिहीन छन् । सम्पर्कबिहीन भएका संक्रमित भारतीय नागरिक भएका कारण फरार भएकाहरु भारत नै गएको हुनसक्ने आशंका गरिएको छ ।

    फरार भएका कामदार विराटनगर प्रवेशद्वार नजिकै कोठा लिएर डेरामा बस्दै आएका थिए । भागेकाहरुको पनि स्वाब संकलन गरिएको थियो, तर रिपोर्ट आउनुअघि नै उनीहरु भागेका छन् । कर्कट पाता र फलामे डण्डी उत्पादन गर्दै आएको उद्योगमा काम गर्ने अधिकांश कामदार भारतीय नागरिक छन् । लकडाउनमा भारतबाट उद्योगमा आउने मालबाहक गाडीसँगै कामदार ल्याएका कारण कोरोना फैलिएको हुनसक्ने स्थानिय सरकारको आशंका छ ।

    बाहिरका मानिसलाई आउ-जाउ गर्न रोक लगाएर लकडाउनमा समेत सञ्चालनमा रहेको उक्त उद्योगमा भारतबाट सामान ल्याउने मालबाहक गाडीमा कामदार आएको जानकारी स्थानिय निकायको पाएको तर उद्योगको रेकर्डमा भने लकडाउनको समयमा भारतबाट कामदार ल्याएको उल्लेख नगरिएको बुढीगंगा गाउँपालिका वडा नम्बर- १ का अध्यक्ष युवराज पौडेलले बताएका छन् ।

    उद्योग प्रशासनका अनुसार मालबाहक गाडीमा चालक तथा सहचालकबाट संक्रमण सरेको आशंका गरिएको छ । उद्योगमा करिब पाँच सय कामदार कार्यरत छन् । उद्योगमा संक्रमण फैलिएपछि उद्योग सिल गरी वडा नम्बर १ मा सर्वसाधारणलाई हिँडडुल गर्न कडाइ गरिएको अध्यक्ष पौडेलले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ