• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेस

    माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलो पटक वीच्याट वालेटको भुक्तानी सेवा शुरु

    1K
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वीच्याट वालेट (WeChat Wallet)को भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।

    उक्त सम्झौतापश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरेवापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वीच्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले फर्स्ट पे टेक्नोलोजीसँगको सहकार्यमा उक्त वीच्याट वालेट संचालनमा ल्याएको हो ।

    बैंकले हाल १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ