• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अनेमसंघ नेतृ पूर्णिमा धामी २९ दिनपछि रिहा

    5.2K
    SHARES


    डडेल्धुरा । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सेती महाकाली संयोजक पूर्णिमा धामी २९ दिनपछि रिहा भएकी छिन । जिल्ला अदालत डडेल्धुराको आदेशमा नेतृ धामी बुधबार रिहा भएकी हुन् ।

    मंगलबार मात्रै जिल्ला अदालत कैलालीले साधारण तारेखमा रिहा गरेलगत्तै प्रहरीले उनलाई पुन: गिरफ्तार गरी डडेल्धुरा पुर्याएको थियो। धामी नेकपाका सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनकी श्रीमती हुन।

    नेता पुनलाई भने ५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको थियो तर धरौटी बुझाएर पनि लगत्तै प्रहरीले पक्राउ गर्ने आशंका भएकाले धरौटी नतिरिकन उनी कैलाली कारागार चलान भएका छन् । केपी ओली सरकारले बिगतदेखि नै नेकपा नाता कार्यकर्ताहरुलाई गिरफ्तार गरी झुटा मुद्दा लगाएर यातना दिदै आएको छ ।

    नेता पुन र नेतृ धामीलाई असार ३१ गते कैलालीमा आफन्त भेटन गएका बेला प्रहरीले गिरफ्तार गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया