• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपाका भक्तपुर सेक्रेटरी शाही कारागार चलान, प्रहरीको यस्तो योजना थाहा पाएपछि तिरिएन धरौटी

    1K
    SHARES

    काठमाडौ । विद्रोही नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही (अखिल) कारागार चलान भएका छन् । गत असार १७ गते काठमाडौँको कलंकीबाट गिरफ्तार परेका शाहीलाई अदालतले मंगलवार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    अदालतले १० हजार धरौटी तोकेको भएपनि उनलाई रिहा गरे लगत्तै पुनः गिरफ्तार गरेर अन्त लैजाने प्रहरीको योजना थाहा पाएपछि शाही धरौटी रकम नबुझाई कारागार जान तयार भएका हुन् ।

    असार १८ गतेदेखि अभद्र व्यवहारको मुद्धा खेपिरहेका शाही जिल्ला प्रशासन कार्यलय ललितपुरले १० हजार रुपैयाँ धरौटी लिएर रिहा गर्ने निर्णय गरेको थियो । तर उनले प्रहरीले पुनः गिरफ्तार गर्ने सूचना पाएपछि धरौटी नतिर्दा नख्खु कारागार चलान गरिएको जिल्ला प्रशासन कार्यलय ललितपुरले जनाएको छ ।

    असार १७ गते कलंकीबाट गिरफ्तार गरिएका शाहीलाई प्रहरीले लगत्तै भक्तपुर लगेको थियो । केहि समयपछि भक्तपुर जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएपनि रिहा भएलगत्तै प्रहरीले उनलाई पुनः गिरफ्तार गरी ललितपुर प्रहरीको हिरासतमा राखेको थियो ।

    यसअघि सोमबार नेकपाका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्यूरो इन्चार्ज ओम पुनलाई पनि कैलाली जिल्ला अदालतले ५० हजार धरौटीरिहा गर्न आदेश दिएको थियो । रिहा गरे लगत्तै उनलाई पुनः गिरफ्तार गरि भोजपुर लैजाने प्रहरीको तयारी रहेको थाहा पाएपछि पुनले पनि धरौटी नतिर्दा कारगार चलान गरिएको थियो। जिल्ला अदालत कैलालीमा सोमबार न्यायाधीश जयानन्द पनेरूको एकल इजलासले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    यस्तै उनीसँगै गिरफ्तार महिला नेतृ अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी सेती–महाकाली संयोजक पूर्णिमा धामीलाई भने सामान्य तारिखमा रिहा गरिएको थियो । रिहा लगत्तै उनलाई प्रहरीले पुनः गिरफ्तार गरी डडेल्धुरा लागेको छ ।

    यस्तै सोमवार नै उता पोखराबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ । पोखराको महेन्द्रपुलस्थित मेडिकल लाइनमा रहेको ओम नर्सिङ होमबाट बास्तोलासहित अर्का एकजना स्थानीय तीर्थ बुढाथोकीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई आइतबार अस्पतालमा गएको बेला गिरफ्तार गरिएको हो । उनि जनयुद्धका शहिद विजय बास्तोलाका छोरा हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया