• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर समाचार

    सदरमुकामको सडक चौडा गरिनुपर्ने भन्दै डडेल्धुरामा ‘शव आन्दोलन’, फोटो फिचर

    822
    SHARES

    राम धामी, डडेल्धुरा । डडेल्ध’रा सदरम’कामको सडक चौडा गर्न’पर्ने भन्दै सदरम’काम बागबजारमा मंगलबार ‘शव आन्दोलन’ गरिएको छ । मंगलबार सदरमुकाम क्षेत्रको सडक चौडा गरिन’पर्ने माग राख्दै बोलन्या थली धनगढीले शव आन्दोलन गरेको हो ।

    बोलन्या थली धनगढीका संयोजक यादव जोशीको नेतृत्वमा डडेल्धुराको स्याउले बजारदेखि र्कीतिपुसम्म सडक विस्तार गरी बजार क्षेत्रमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन रूपमा समाधान खोजिनुपर्ने भन्दै भीमदत्त चोकमा चार शव बनाएर साँकेतिक आन्दोलन गरिएको हो ।

    बोलन्या थलीले ‘कोरोनाले होइन, दुर्घटनाले मरिएको छ’, ‘म त गए माथि, तिमी बाँच है साथी’, ‘सडक चौडा खै, म त स्वर्ग पुगे बरीलै’ लगायतका नारा दिएर सडकमा ‘शव’ प्रदर्शन गरिएको थियो । सडक विभागमार्फत करिब ४४ करोड रूपैयाँ सडक विस्तारका लागि छुट्याइएको र सोही कार्य अनुरूप सडक डिभिन कार्यालय कलपातेले टेण्डर प्रक्रिया अगाडि बढाएको थियो । तर, यहाँका केही जग्गाधनीहरूले मुआब्जा पाउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेपछि टेण्डर प्रक्रिया रोकिएको छ ।

    डडेल्धुराको साँघुरो सडक विस्तारका लागि सबै निकायले पहल गर्नुपर्ने र मुआब्जाका नाममा जग्गाधनीहरूले सडक विस्तार कार्यलाई अवरोध गर्न नहुने अभियानमुलक संस्था बोलन्या थली धनगढीका संयोजक जोशीले बताए । सडक चौडा नगरिँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएकाले प्रतिकात्मक बिरोधस्वरूप ‘शव आन्दोलन’ गरिएको उनको भनाइ छ ।

    सकड साँघुरो भएकाले डडेल्धुरा सदरमुकामका स्थानीयले धेरै समयदेखि सास्ती पाइरहेको भन्दै सडक बनाउन दवाव स्वरूप प्रदर्शन गरेको उनले बताए । उनका अनुसार बजेट विनियोजन भइ टेण्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्चमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेको भन्दै चार युवालाई शव बनाएर प्रतिकात्मक शब आन्दोलन गरिएको हो ।

    सदरमुकामको साँघुरो सडकका कारण दैनिकजसो त्यहाँ जाम लाग्ने गर्छ । जसका कारण स्थानीयलाई हिँडडुल गर्न समस्या भइरहेको छ । यतिसम्मकी साघुँरो सडकका कारण दुर्घटनाकाे जोखिम समेत रहेको छ ।

    स्मार्ट सिटीकोरूपमा विकास हुँदै गरेको अमरगढी नगरपालिकामा पर्ने उक्त सडक भएर सुदूरपश्चिम प्रदेशका सातओटै पहाडी जिल्ला पुग्न सकिन्छ । तर, सडक साघुँरो हुँदा सवारी चालक र स्थानीयले निकै सास्ती भोगिरहेका छन् । साँकेतिक आन्दोलनमा विभिन्न क्षेत्रमा आवद्ध युवाहरूका साथै अनेरास्ववियू डडेल्धुरा र नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि ऐक्यबद्धता जनाएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ