• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    अनेमसंघ नेतृ धामीलाई फेरी अर्को मुद्धा, बुधवार डडेल्धुरा अदालतमा थुनछेक बहस

    2.2K
    SHARES

    राम धामी, डडेल्धुरा । जिल्ला अदालत कैलालीले साधारण तारेखमा रिहा गरेकी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको भगिनी संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सेती महाकाली राज्य समिति इन्चार्ज पुर्णिमा धामीलाई प्रहरीले पुनः पक्राउ गरी डडेल्धुरा पुर्याएको छ।

    कैलालीबाट प्रहरीले पक्राउ गरी डडेल्धुरा ल्याएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिरेन्द्र बोहराका अनुसार नेतृ धामीबिरुद्ध जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको राज्यबिरुद्धको कसुरसम्बन्धि मुद्दामा उनी फरार अभियुक्त भएकाले मंगलबारनै जिल्ला अदालत डडेल्धुरामा पेश गरिएको थियो।

    समय अभावका कारण थुनछेक बहस हुन नसकेकाले बुधबार मात्रै थुनछेक बहस हुनेछ। अदालतको आदेश अनुसार नेतृ धामीलाई मंगलबारनै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। धामी नेकपाका सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनकी श्रीमती हुन।

    उनी कैलाली जिल्ला अदालतको आदेशले सोमवार साधारण तारेखमा रिहा भएकी थिइन। उनका श्रीमान पुनलाई भने ५० हजार धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको थियो। ५० हजार रुपैया धरौटी बुझाएर पनि लगत्तै प्रहरीले पक्राउ गर्ने आशंका भएकाले धरौटी नतिरिएको नेकपा जिल्ला संगठन समिति डडेल्धुराका सेक्रेटरी टिका राना ‘विजय’ले बताए।

    उनले न्यायालयबाट साधारण तारेखमा रिहा गरिएकी नेतृ धामीलाई झुटा मुद्दा लगाएर यातना दिने नियतले प्रहरीले पुनः पक्राउ गरेको गुनासो गरे। धरौटी तिर्न नसकेपछि इन्चार्ज पुनलाई भने कैलाली कारागार चलान गरिएको छ। कैलालीमा आफन्त भेटन गएका दुबैजनालाई प्रहरीले केहिदिन अघि एकथान कटुवा पेस्तोलसहित पक्राउ गरेको दाबी गरेको थियो।

    प्रतिक्रिया