• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गोंगबु ह’त्या प्रकरणमा पक्राउ परेकी महिलाले दिइन प्रहरीलाई समेत चकित पार्ने बयान, खुल्यो बेग्लै रहस्य

    3K
    SHARES

    काठमाडौँ । रोल्पाबाट दाङ बसाइँसराइँ गरी हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको ह’त्यामा कल्पना शाही नै मुख्य योजनाकार भएको निष्कर्ष प्रहरीले निकालेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । बियरको नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको बयान दिएकी छिन् ।

    त्यस रात कृष्णबहादुर ती महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । दही खाएपछि कृष्णबहादुर बेहोस भएका थिए । त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्र’हार गरी उनको ह’त्या गरिन्छ । ह’त्या गर्दा कल्पनाका १५ वर्षीया छोरी र १३ वर्षका छोरा साथमै थिए । हथौडा प्र’हारबाट ह’त्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा का’टेर प्लास्टिकको झोलामा राख्छिन् । टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर बाहिर निस्किन्छिन् ।

    त्यसपछि कोठामा आएर फेरि टाउको र खुट्टा भएको प्लास्टिक बोकेर बाहिर जान्छिन् । बोहराको मृतक शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खु’कुरी प्रयोग गरेको प्रहरी स्रोतले बतायो । उनी भागेर माइती गएको बेला सोमबार दिउँसो टाडीबाट पक्राउ परेकी हुन् । मातृका दाहालले कनातिपुर दैनिकमा समाचार लेखेका छन् ।

    चितवनको टाँडीबाट पक्राउ गरी काठमाडौं ल्याइएकी ती महिलाले आफू नै ह’त्यामा संलग्न भएको स्वीकारोक्ति बयान दिएकी छिन् । ह’त्या गरेर आइतबार आफू काठमाडौंबाट भागेर चितवन पुगेको ती महिलाले बयानमा भनेकी छिन् । महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद गरेको छ । आफूले ह’त्यामा प्रयोग गरेको खु’कुरी पनि महिलाले प्रहरीलाई देखाएकी छिन् ।

    प्रहरीका अनुसार महिलाले ह’त्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । ह’त्या गरिएका पुरुष विवाहिता भएको र हाल उनी काठमाडौंमा एक्लै बस्दै आएको पनि अनुसन्धानबाट खुलेको छ । मंगलबार बिहान साढे १० बजे महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले संयुक्त पत्रकार सम्मेलन गरी ह’त्यासम्बन्धी विवरण सार्वजनिक गर्दे छ । ती महिलालाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

    ‘घटनाको सबै तथ्य र विवरण अहिले १०:३० मा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौं,’ महाशाखा प्रमुख एसएसपी दीपक थापाले कान्तिपुरसँग भने । टाउको र खुट्टाबिनाको श’व भेटिएको स्थानबाट करिब ५०/६० मिटर नजिकैको कोठामा ती महिला बस्दै आएकी थिइन् ।

    टोखा नगरपालिका–१०, नवज्योती मार्गमा आइतबार बिहानै पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरीले सुटकेस खोलेर हेर्दा टाउको र घुँडामुनि दुवै खुट्टा नभएको पुरुषको शव फेला पारेको थियो ।

    टाउको र खुट्टाबिनाको मृत शरीर हुँदा अनुसन्धानमा अलमलिएको प्रहरीले डग स्कुलबाट ‘ब्लन्ट हन्ट’ नामको कुकुर पनि झिकाएर अनुसन्धान अघि बढाएको थियो । कुकुरले नै सुँघेर सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटर पर स्वर्गद्वारी मार्गमा प्लास्टिकमा बेरिएको अवस्थामा टाउको र दुवै खुट्टा फेला पारेको थियो ।

    सोमबार सार्वजनिक गरिएको हुलियाअनुसार मृतकको उचाइ ५ फिट ३ इन्चदेखि ५ फिट ५ इन्चसम्मको छ । टाउको भेटिएको स्थानबाट कुकुर अघि बढ्दै १ किलोमिटर पर चौबाटो रहेको सिद्धेश्वर मन्दिरसम्म पछ्याएको थियो । ह’त्यामा संलग्नको खोजी गर्न महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा परिसर काठमाडौं, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महाशाखाका ५ वटा टोली परिचालन गरिएको थियो ।

    यसैबीच उता डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

    घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम ल्याइँदैछ ।

    राति सुतेका बेला घर भत्किँदा ठूलो क्षति भएको घाइतेहरुको उद्धारमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आदर्श गाउँ कमिटी अध्यक्षसमेत रहेका गोविन्द पार्कीले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए ।

    उनले घर भत्किँदा चार जनाको ज्यान गएको खबर पुष्टि गरेका छन् । तर घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको मल्ल बताउँछन् । उनले भने, ‘तीन तले घर रहेछ, भत्कन लागेपछि भागेर आँगनमा पुग्दासम्म भत्किसकेपछि पुरिएर मृत्यु भएको भन्ने आएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ