• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महिला प’क्रा’उ परेलगत्तै गोंगबु ह’त्याका’ण्डबारे खुल्यो यस्तो रहस्य, प्रहरी नै अच्चमित

    3.4K
    SHARES

    काठमाडाैं । गोंगबु ह’त्याका’ण्डमा संलग्न भन्दै चितवनबाट प’क्राउ परेकी कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच ‘आर्थिक लेनदेनका कारण मतभेद रहेको’ प्रहरी अनुसन्धानबाट खुलासा भएको छ।

    अनुसन्धानमा संलग्न एक प्र’हरी अधिकृतका अनुसार पक्राउ परेकी महिला र मृतक एउटै घरमा भाडामा बस्दै आएका थिए। ह’त्या भएको रात ती महिला काठमाडौंमै थिइन्। उनी श’व फ्यालेर निजी गाडीमा चितवन गएको प्रहरीको दाबी छ।

    ‘मृ’तक बोहराले व्यापार गर्ने भन्दै शाहीसँग पटक-पटक ठूलो परिणामको रकम लिएको अनुसन्धानमा देखिएको छ,’ ती अधिकृतले भने, ‘बोहराले दोहरी साँझ खोल्ने भन्दै महिलासँग ठूलो रकम लिएका थिए। योजनाअनुसार दोहरी साँझ नखोलेपछि मृतक र महिलाबीच मतभेद बढ्दै गयो।’

    यो घट”नामा आर्थिक लेनदेनसँगै अन्य विवाद पनि जोडिएको हुनसक्ने प्रहरीको अनुमान छ। पक्राउ परेकी महिला एक्लैले यस्तो किसिमले ह’त्या गर्न नसक्ने पनि प्रहरीको भनाइ छ। उनले भाडाका मानिस ल्याएर बोहराको ह’त्या गराएको हुनसक्ने प्रहरीले जनाएको छ।

    आइतबार बिहान काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेशभित्र एक अधवैंशे पुरुषको श’व फेला परेको थियो। न’ग्न अवस्थामा भेटिएको उक्त शवको जीउ मात्र थियो, टाउको थिएन।

    अनुसन्धानमा जुटेको प्रहरी टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा जीउ भेटिएको दुई सय मिटर पर टाउको र खुट्टा भेटिएको थियो । मृतक दाङ घर भई बालाजु क्षेत्रमा बस्दै आएका कृष्णबहादुर बोहरा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    प्रहरीले यो घटनामा संलग्न भएको आशंकामा सोमबार साँझ चितवनबाट कल्पना शाहीलाई पक्राउ गरेको हो । घुटनाबारे थप अनुसन्धान भइरहेको र छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिने महानगरीय अपराध महाशाखाले जनाएको छ।

    यसैबीच काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले स्थानीय तहका अत्यावश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

    मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न स्थानीय तहहरूले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय लिएको बताए ।

    बैठकले सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखाना भित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय उनीहरूले गरेका छन् ।

    सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्म कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि मेयरहरूको बैठकले गरेको छ । काठमाडौं उपत्यकामा अत्यन्त घनाबस्ती रहेकाले कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुहरूमा अत्यन्त कडाई गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत फोरमले गरेको छ ।

    यस्तै, क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि मेयरहरूले गरेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।

    कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । निमोनिया र मधुमेहका विरामी यनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो र, उनको सोमबार विहान निधन भएको हो ।

    यसैगरी वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार मृत्यु भएकी वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    सोमबार ललितपुरको किस्ट अस्पतालमा काभ्रे पाँचखालकी ५० वर्षकी एक महिलाको मृत्यु भएको छ । निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए ।

    उनको आईसीयूमा उपचार गर्दै गर्दा मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने धनुषा र काभ्रेको मृत्यु अपेडट हुन बाँकी भएकाले ७९ मात्र देखिएको छ ।

    नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको कोरोना परीक्षण गरिएकोमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, खोटाङका २ जना र मोरङका १४ जनामा कोरोना पुष्टि भएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १३, महोत्तरीका ३ जनामाकोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका एकजना,पर्साका २१जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, ललितपुरका एकजना, नुवाकोटका ३ जना, रौतहटका १९ जना, सर्लाहीका २१ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा मोरङका एकजना र काठमाडौंका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कीटजन्य रोग तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका २ जना, मकवानपुरका २३ जना, नुवाकोटाका एकजना, रौतहटका १२ जना र सिन्धुलीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना, अर्घाखाँचीका एकजना, बाग्लुङका एकजना, बाँकेका एकजना, बर्दियाका एकजना, भक्तपुरका एकजना, चितवनका एकजना र दाङका एकजना, गोरखाका ३ जना, कपिलवस्तुका एकजना, काठमाडौंका ८ जना, ललितपुरका एकजना, पाल्पाका एकजना, र रामेछापका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तैस्टार अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौंका ८ जना, ललितपुरका २ जना र पर्साका एकजननामा कोरोना संक्रमण पुष्टि भएको छ । विध ल्यावमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना, पर्वतका एकजना, स्याङ्जाका एकजना, तनहुँका २ जना, नवलपरासी पूर्वका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका १५ जना, रुपन्देहीका एकजना, कपिलवस्तुका १० जनामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ६२,बर्दिया एकजना, दाङका ४ जना, कैलालीका २, सल्यानका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रोल्पाका एकजना,सुर्खेत प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ६ जना, सुर्खेतका एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।

    दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरा बैतडीका एकजनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीमा गरिएको परीक्षणमा बझाङका एकजना र कैलालीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार४९३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    आइतको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३५३ थियो । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ