• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज थपिए ३३८ कोरोना संक्रमित, १४० डिस्चार्ज, विवरणसहित

    2.5K
    SHARES

    काठमाडौं । नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको कोरोना परीक्षण गरिएकोमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, खोटाङका २ जना र मोरङका १४ जनामा कोरोना पुष्टि भएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १३, महोत्तरीका ३ जनामाकोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका एकजना,पर्साका २१जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, ललितपुरका एकजना, नुवाकोटका ३ जना, रौतहटका १९ जना, सर्लाहीका २१ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा मोरङका एकजना र काठमाडौंका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कीटजन्य रोग तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका २ जना, मकवानपुरका २३ जना, नुवाकोटाका एकजना, रौतहटका १२ जना र सिन्धुलीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना, अर्घाखाँचीका एकजना, बाग्लुङका एकजना, बाँकेका एकजना, बर्दियाका एकजना, भक्तपुरका एकजना, चितवनका एकजना र दाङका एकजना, गोरखाका ३ जना, कपिलवस्तुका एकजना, काठमाडौंका ८ जना, ललितपुरका एकजना, पाल्पाका एकजना, र रामेछापका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तैस्टार अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौंका ८ जना, ललितपुरका २ जना र पर्साका एकजननामा कोरोना संक्रमण पुष्टि भएको छ । विध ल्यावमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना, पर्वतका एकजना, स्याङ्जाका एकजना, तनहुँका २ जना, नवलपरासी पूर्वका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका १५ जना, रुपन्देहीका एकजना, कपिलवस्तुका १० जनामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ६२,बर्दिया एकजना, दाङका ४ जना, कैलालीका २, सल्यानका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रोल्पाका एकजना,सुर्खेत प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ६ जना, सुर्खेतका एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।

    दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरा बैतडीका एकजनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीमा गरिएको परीक्षणमा बझाङका एकजना र कैलालीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार४९३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    आइतको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३५३ थियो । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ