• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पूर्वराजाले गरे आजबाट देश छोड्ने निर्णय, यस्तो गम्भीर छ कारण, निर्वासित जीवन विताउन यो देश हिँडे

    6.9K
    SHARES

    स्पेन । स्पेनका पूर्वराजा ख्वान कार्लोसले आफ्नो मूलुक छाडेका छन् । भ्रष्टाचार मुद्दामा आफ्नो नाम पनि जोडिएपछि निराश भएका कार्लोस विशेष उडानमार्फत संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको दाबीसहितको तस्वीर सार्वजनिक भएको छ ।

    देश छोड्ने निर्णय गरेको पूर्वराजा कार्लोस अब यूएईमा निर्वासित जीवन विताउने बताइएको छ । स्पेनिस सञ्चार समूह एनआइयुएसले सार्वजनिक गरेको तस्बिरमा पूर्वराजा कार्लोस अबुधाबीमा विमानबाट झर्दै गरेको देखिएको छ ।

    गएको सोमबार कार्लोसले देश छाड्ने निर्णय गरेको स्पेनिस राजदरबारले जनाएको थियो । केही हप्ताअघि सुरु भएको भ्रष्टाचार अभियोगको अनुसुन्धानमा उनी पनि जोडिए छन् ।

    ८२ वर्षका पूर्व राजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएका थिए । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए । स्पेनलाई अधिनायकवादबाट जोगाउँदै प्रजातन्त्रको अभ्यासमा कूशलतापूर्वक नेतृत्व प्रदान गरेका कार्लोस जनप्रिय मानिन्थे ।

    यस्तै इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका जाने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका जान लागेको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।

    राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उनी अमेरिकाको वासिङ्टन आउने जनाएको छ । राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नुहुनेछ,” ह्वाईट हाउसद्वारा शुक्रबार जारी वक्तव्यमा लेखिएको छ ।

    वक्तव्यका अनुसार दुई देशबीचको सम्बन्ध संकटमा परिरहेका बेला उनीहरुका बीचमा भेटवार्ता हुन लागेको हो । उनीहरुका बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

    यस भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्वन्धलाई सकारात्मक र बलियो बनाउदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

    यसैबीच चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिक विरुद्ध प्रतिबन्धहरुको घोषणा गरेको छ । हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्धहरु घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा हङकङसँग सम्बन्धित मामिलामा केही मानिसले नराम्रो व्यवहार गरेकाले प्रतिबन्धहरु लगाउनु परेको जानकारी दिए । चिनियाँ प्रतिबन्धको सूचीमा ह्युमन राइट्स वाचका निर्देशक केनेथ रथ र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल गर्सम्यान पनि रहेका छन् ।

    अमेरिकाले शुक्रबार हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र १० जना चिनियाँ वरिष्ट अधिकारीको संयुक्तराज्य अमेरिकामा रहेका सम्पत्ति रोक्का राख्ने घोषणा गरेको थियो । चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेपछि त्यसको विरोधमा अमेरिकाले कडा प्रतिबन्धहरु घोषणा गरेको बताइएको छ ।

    अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र प्रतिबन्धहरु घोषणा गरिएका अरु चिनियाँ वरिष्ट अधिकारीहरुले चीनका नीतिहरु हङकङमा कार्यान्वयनमा ल्याउन प्रमुख भूमिका निर्वाह गरेको आरोप लगाएको छ । प्रवक्ता झाओले अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको बताएका छन् ।

    उता तीन दिनको भ्रमणमा आइतबार ताइवान आइपुगेका अमेरिकी स्वास्थ्य एवम् मानव सेवामन्त्री एलेक्स अजारले आज ताइवानकी राष्ट्रपति साई इंग-वेनसँग भेटवार्ता गरेको छ । भेटवार्तामा द्विदेशीय पारस्परिक हित, प्रजातान्त्रिक मूल्यमान्यताको प्रबर्द्धन तथा ताइवानले कोरोना नियन्त्रणमा लिएको सफलताबारे कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    यस्तै दुई देशीय ब्यापार, सैन्य मामिला लगायतका विषयमा पनि छलफल भएको बताइएको छ । अमेरिका र ताइवानबीच १९७९ मा औपचारिक द्विपक्षीय सम्बन्ध समाप्त भएपछि अमेरिकी क्याबिनेट मन्त्रीद्वारा गरिएको यो पहिलो यात्रा हो। चीनले यो यात्रालाई लिएर विरोध जनाएको छ। यो यात्रालाई चीनले ताइवानसँग कुनै पनि आधिकारिक सम्बन्ध नराख्ने अमेरिकी प्रतिबद्धताविरुद्ध रहेको बताएको छ।

    उता अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले उपराष्ट्रपतिका लागि सिनेटर कमला ह्यारिसलाई अघी सारेका छन् । लामो प्रक्रिया र विभिन्न चरणमा नेतृहरुसँग गरिएको अन्तर्वार्तापछि बाइडेनले क्यालिफोर्नियाकी ५६ वर्षीय सिनेटर ह्यारिसलाई छनौट गरेका हुन् ।

    भारतीय मुलकी ह्यारिसले कुनै समय राष्ट्रपति उम्मेदवार बन्नका लागि बाईडेनलाई नैं चुनौती दिएका थिए । उपराष्ट्रपति उम्मेदवार बन्ने ह्यारिस पहिलो अश्वेत र एसियन अमेरिकन हुन । अमेरिकाको इतिहासमा यसअघि दुईपटक मात्रै महिला नेतृलाई राष्ट्रपतिका उम्मेदवारले आफ्नो उपराष्ट्रपति चयन गरेका छन् ।

    सन् २००८ मा रिपब्लिकनबाट सारा पालिन र सन् १९८४ मा डेमोक्रेटिक पार्टीबाट गेराल्डिन फेरारोलाई उपराष्ट्रपति उम्मेदवार बनाइएको थियो । तर उहाँहरु दुवै जना चुनावमा पराजित भए ।

    प्रहरीको ज्यादतीका कारण अश्वेत अमेरिकी जर्ज फ्लोइडको निधनपछि देशभर सुरु भएको रंगभेद विरोधी आन्दोलनपछि बाइडेनलाई अश्वेत महिलालाई उपराष्ट्रपति उम्मेदवार चयन गर्न दबाब थियो । बाइडेन–ह्यारिसले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको सामना गर्नुेछन्।

    याे पनि….
    विश्व नै कोरोनाबाट आक्रान्त बनेका बेला रुसबाट आयो यस्तो खुसीको खबर, ट्रम्पसमेत चकित

    रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् ।

    रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । पुटिनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

    पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको दाबी गरेका छन् । उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड-१९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

    तर, विज्ञहरुले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन् ।बीबीसीका अनुसार उनीहरुले यसको परीक्षणको तीव्रतालाई लिएर प्रश्न गरेका छन् । यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको पनि बीबीसीले उल्लेख गरेको छ ।

    गत साता नै रुसले यो खोप परीक्षण गरेको भन्दै अब ‘मास भ्याक्सिनेसन’ सुरु गर्ने बताएको थियो । डब्लुएचओकी प्रवक्ताले भने अगस्ट ४ मा पत्रकार सम्मेलनमा ‘कसैले केही नयाँ चिज पत्ता लगायो भन्ने खबर राम्रो हो तर, काम गर्नसक्ने भ्याक्सिन बनाउने कुनै उपाय पत्ता लगाउनु र सबै चरणका परीक्षण पार गर्नुमा ठूलो भिन्नता छ’ भनेकी थिइन् ।

    रुसमा हालसम्म ८ लाख ९१ हजार मानिसहरुमा कोरोना संक्रमण देखिसकेको छ । चीनको वुहान सहरबाट सन् २०१९को अन्तिमदेखि फैलन सुर गरेको कोरोना भाइरस हालसम्म विश्वको १ सय ८८ भन्दा मुलुकहरुमा देखा परिसकेको छ । कोरोनाका सबैभन्दा बढी संक्रमित क्रमश: अमेरिका, ब्राजिल र भारतमा रहेको जोन हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

    यस्तै अस्ट्रेलियामा सोमबार एकैदिन कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेका छन्। रोयटर्समा प्रकाशित समाचारका अनुसार सोमबार कीर्तिमानी संख्यामा संक्रमित थपिएपनि संक्रमणको ‘हटस्पट’मा भने त्यो संख्यामा कमी आएको छ। संक्रमणको हटस्पट भिक्टोरिया राज्यमा दुई सातायताकै कम संक्रमित फेला परेका छन्।

    दोश्रो लहरको इपिसेन्टर बनेको भिक्टोरिया राज्यका अधिकारीहरूले पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाका कारण १९ जनाको मृत्यु भएको जनाएका छन्। अन्य राज्यले आफ्नो दैनिक मृत्यु संख्या सार्वजनिक गर्न बाँकी रहेपनि भिक्टोरियामा देखिएको वृद्धि त्यहाँको कुनै पनि राज्यमा एकैदिन भएको सबैभन्दा धेरै मृत्यु हो।

    यस्तै भिक्टोरियामा पछिल्लो २४ घण्टामा ३२२ जना नयाँ संक्रमित फेला परेका छन्, जुन जुलाई २९ यताकै कम हो। अस्ट्रेलियामा हालसम्म करिब २१ हजारको संख्यामा संक्रमित फेला परेका छन् भने ३ सय १४ जनाको मृत्यु भएको छ, जुन अन्य विकसित मुलुकको तुलनामा कम हो।

    यता विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना (कोभिड १९) का लागि जनस्वास्थ्य निगरानी सम्बन्धी अन्तरिम निर्देशिका तयार पारेको छ । कोभिड १९ सम्बन्धी पछिल्ला अनुसन्धानका निष्कर्ष तथा यसअघि प्रकाशित गरेका दुई अन्तरिम निर्देशिकालाई समायोजन गर्दै नयाँ अन्तरिम निर्देशिका जारी गरेको हो ।

    डब्लुएचओको निर्देशिकामा सर्भिलेन्स डाटा विश्लेषण गर्दै सम्भावित लक्षणको मूल्यांकन गर्न भनिएको छ । निर्देशिकाले यस्तो परिभाषा प्रत्येक देशहरुलाई अनलाइनमा प्रकाशित गर्न तथा नियमित रुपमा स्वास्थ्य अवस्था प्रतिवेदन सार्वजनिक गर्न समेत भनेको छ ।

    डब्लुएचओले जारी गरेको निर्देशिकामा शंकास्पद केसहरुको परिभाषा दिईएको छ । यसैबीच डब्लुएचओले संक्रमितहरुको केस रिपोर्ट फर्म डब्लुएचओलाई पठाउन नपर्ने भनेको छ । उसले केसहरुको साताब्यापी प्रतिवेदन हरेक साताको बिहीवार भित्र पठाउनसमेत भनेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया