• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उपत्यकामा कोरोना संक्रमित ह्वात्तै बढेपछि काठमाडौं प्रशासनले गृह मन्त्रालयलाई बल्ल लेख्यो यस्तो पत्र, के छ तयारी ?

    0.9K
    SHARES

    काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा रहेका निजी अस्पतालहरूलाई आइसोलेसन सेन्टरमा रूपान्तरण गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ।उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि काठमाडौंका सिडिओ जनकराज दाहालले निजी अस्पताललाई कोभिडका बिरामी राख्ने आइसोलेसन सेन्टर बनाउन प्रस्ताव पठाइएको बताए।

    ‘गृह मन्त्रालयमार्फत् हामीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा सिफारिस गरेका छौं’, दाहालले भने, ‘पालिकाहरूमा रहेका क्वारेन्टिनलाई पनि हामीले आइसोलेसन सेन्टर बनाउन प्रस्ताव गरेका छौं।’ उनले निजी अस्पताललाई आइसोलेसन बनाउने स्वीकृति कुरिरहेको बताए।

    साथै, आइसोलेसन सेन्टरको माग बढिरहेको उल्लेख गरे। शुक्रबारमात्र राजधानीमा १ सय ६ जनामा कोभिड–९ देखिएको छ। लकडाउन खुलेलगत्तै काठमाडौंमा संक्रमितको संख्यामा वृद्धि भैरहेको छ।

    हालसम्म काठमाडौंमा ६ सय ७४, भक्तपुरमा ७८ र ललितपुरमा १ सय २४ जनामा संक्रमण देखिएको छ। काठमाडौं उपत्यकामा रहेका कोभिड अस्पतालहरु बिरामीले भरिएका छन्। कतिपय बिरामीलाई घरमै राख्ने काम समेत भैरहेको छ। काठमाडौं प्रशासनले विकल्पमा निजी अस्पतालमा बिरामी राख्ने योजना अघि सारेको हो।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । विहीबार संक्रमितको संख्या २१ हजार ७५० थियो । हालसम्म ६ हजार ३३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    कहाँ कति थपिए ?
    डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापका एकजना, सुनसरीका एकजना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा मोरङका २९ जना, प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३५ जना, झापाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै जगेन्द्र नारायण सिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १० जना,सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ४ जना, पर्साका १३४ जना,रौतटका ४ जनामाकोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सिन्धुपाल्चोकका एकजना, ललितपुरका ३ जना, काठमाडौंका १४ जना, नुवाकोटका ८ जना, सर्लाहीका ६जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, बाराका २ जना, कैलालीका २ जना, काठमाडौंका ३९ जना, सर्लाहीका २ जना ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका एकजना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका २ जना मकवानपुरका ४ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, धनुषाका एकजना, भक्तपुरका एकजना, ललिपुरका २ जना र कास्कीका एकजनामा कोेरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाँकेका एकजना, काठमाडौंका ४ जना, बाराका एकजना र बर्दियाका एकजना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ७ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जना, ललितपुरका एकजना र पर्साका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    डीआइडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका १ जना र काठमाडौंका २ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौंका एकजना, स्याङ्जाका एकजना रपर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एकजना र कास्कीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको गुल्मीका एक जना र नवलपरासीका २ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २८ जना, बर्दियाका १४ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कालिकोटका ४ जना, सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सोरिया हेल्थ केयर काठमाडौंमा गरिएको परीक्षणमा ४ जना,सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एक जना, कैलालीका १७ जना र कंचनपुरका एकजनामा कोरोना संक्रणण पुष्टि भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ