• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    जनप्रतिनिधिले यसरी खान्छन् घुस, वडा सदस्य गुरुङले हाकाहाकी बार्गेनिङ गरेको अडियोसहित

    14.9K
    SHARES

    पोखरा । पोखरा महानगरपालिकाका एक वडा सदस्यले बाटो निर्माण उपभोक्ता समितीसँग घुस मागेको अडियो सञ्चारकेन्द्रले प्राप्त गरेको छ । अडियोमा बनका कर्मचारी, इञ्जिनीयर र केहि हाकिमहरुलाई घुस दिनुपर्ने भन्दै पोखरा २१ का वडा सदस्य राम बहादुर गुरुङले एक बाटो निर्माण उपभोक्ता समितिका अध्यक्षसँग फोनमा घुस रकमबारे बार्गेनिङ गरेका छन् ।

    स्थानीय निकायका जनप्रतिनिधिले बिकास निर्माणलाई प्राथमिकता दिनुको साटो उल्टै रोकेर घुस दिए काम अगाडी बढाउने नत्र काम रोक्ने र फाइल पास नगर्ने भन्दै  बार्गेनिङ गरेपछि भोट दिने जनताले नै लाज मान्नुपर्ने अवस्था आइलागेको छ । स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट बिजयी वडा सदस्य गुरुङले इञ्जिनीयरहरुले पैसा नखाइ फिल्डमा काम गर्न नआउने भएका कारण पैसा चाहियो भन्दै बार्गेनिङ गरेका हुन् ।

    उनले फोनमा कुराकानी गर्दा अनील नामका एक इञ्जिनीयरको नाम समेत लिएका छन् । उनले भनेका छन्- “अनिल होस् कि अर्को कोही होस् पैसा नखाई काम नै गर्दैनन् । धेर थोर पैसा नभइ मैले पनि फाइल बुझ्दिन, किन बुझ्ने ?” वडा सदस्य गुरुङले निरन्तर पैसा माग्दै भनेका छन् – ”काम गर्ने भए त्यहि अनुसार कुरा गर्नुहोस् हैन भने मलाइ केहि मतलब हुन्न !”

    सञ्चारकेन्द्रलाई प्राप्त उक्त अडियोमा वडा अध्यक्षले इञ्जिनीयरमार्फत फाइनल इस्टमेट गराउन दुइ दिन लाग्ने र त्यसपछि तल साइनगराउनुपर्ने तर्क गरेका छ । उनले भनेका छन् – ”साइन हनाउन पैसा चहिएन त ? यहाँबाट दुइ जनाको साइन हनाउनुपर्छ । एक जना त्यहाँ नगरपालिकाकोले साइन हान्नुपर्छ, एक लाख रुपैयाँ घुस मागेका छन् । अन्तिममा ५० हजार पनि दिन सक्दैनौ ? ५० हजार त देउ । नत्र फाइल यहाँ आएर रोकिएर बसेको छ। त्यति पनि नगर्ने हो भने हेरेर बस, म त केहि पनि भन्दिन” उनले बाटो निर्माण उपभोक्ता समितिका अध्यक्षसँगको टेलिफोन कुराकानी क्रममा भनेका छन् ।

    गुरुङले घुस नपाए इस्टमिट समेत घट्ने धम्की दुएका छन् । “इञ्जिनीयरले पनि मेरो दिमाख खाए, वडा अध्यक्ष त्यहाँ के गरेर बसेका छौ, अहिलेसम्म त्यो बाटो निर्माण पनि सम्पन्न गर्न सक्दैनौ भनेर कराएको छ । दिमाख खराब ! उनीहरुले मागेको पैसा देउ के नत्र इस्टमिटमा घटाइदिन्छ। तिमीले त्यत्रो १२/१५ लाखको काम गर्दा आइहाल्छ नी ! ५० हजार जति पैसा लिएर आउ, फाइल पनि लिएर आउ, हरेक वडामा त्यसरी नै काम भएको छ त अनि” निरन्तर बार्गेनिङ गर्दै उनले भनेका छन् ।

    सञ्चारकेन्द्रलाई प्राप्त उक्त अडियोमा गुरुङले ”काम फालाफाल छ, कहाँ पैसा नपाइ त्यतिकै फाइल अघि बढाउछन् त ?” भनेर उपभोक्ता समिति अध्यक्षलाई निरन्तर पैसाका लागि दबाब दिइरहेका छन् । गुरुङले ‘पैसा भयो भने कर्मचारीहरु राती राती बसेर काम गर्छन’ भंडिया अन्य घुसिया कर्मचारीको समेत पोल खोलेका छन् । ”पैसा पनि बोकेर आउनुहोस्, फाइल मात्र बोकेर आएर भएन, पैसा लिएर आए पो मलाई पनि भन्न पनि सजिलो हुन्छ, मजा पनि आउछ ।” उनले भनेका छन् । पैसा बिना काम नै नगर्ने अडान वडासदस्य गुरुङको अडान छ ।

    Sanchar Kendra · घुसका लागि बार्गेनिङ गर्दै पोखरा २१ का वडासदस्य राम गुरूङ

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ