• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अख्तियारका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण

    714
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

    कोरोना संक्रमित बढेपछि अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ ।

    त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।

    प्रचण्ड सचिवालय स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

    केही दिन अगाडि अध्यक्ष प्रचण्डसहित उनको परिवारका सदस्य तथा सुरक्षाका लागि खटिएका सबै सुरक्षाकर्मीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । परीक्षणका क्रममा ६ जना सुरक्षाकर्मीलाई कोरोना देखिएको हो ।

    नेकपा अध्यक्ष प्रचण्डको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन छन् । दुवै संगठनका प्रहरी नायव उपरीक्षक डीएसपीको नेतृत्वमा प्रचण्डको सुरक्षामा सुरक्षाकर्मी खटाइएको छ ।

    तर, कोरोना संक्रमण देखिएका सुरक्षाकर्मी कुन संगठन र दर्जाका हुन् भन्ने विषय भने खुलेको छैन । यसअघि सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । तर, सभामुख सापकोटाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

    यस्तै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘क्लोज कन्ट्याक’को सूचीमा परेका छन् ।

    मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए । समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्री लगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ