• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बुधबारदेखि लागु हुने गरि लकडाउन गर्ने निर्णय, तर यी क्षेत्रमा लाग्नेछैन प्रतिबन्ध

    31.7K
    SHARES

    काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि सर्लाही जिल्लामा अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको छ ।

    कोरोनाको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम अति आवश्यबाहेकका कामकाजमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

    भाेली बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अति आवश्यकबाहेकका कामकाज गर्न रोक लगाइएको प्रजिअ पौडेलले बताए ।

    औषधि, उपचार, खाद्यान्न वस्तु खरिद, पेट्रोलियम पदार्थ खरिद जस्ता अति आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट ननिस्किने, अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेका गाडी, दमकल, दूध बोक्ने र खाद्य वस्तु बोक्ने सवारी साधन, शव बाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन (मोटरसाइकल समेत) सर्लाही जिल्लाभर सञ्चालन नगर्ने आदेश दिइएको उनले बताए ।

    अति आवश्यक उपभोग्य सामग्रीहरु बिक्री गर्ने स्थायी प्रकृतिका पसलहरु, पेट्रोल पम्पहरु, ग्यास डिपोहरु, औषधि पसलहरु बहेक दैनिक, अर्ध साप्ताहिक, साप्ताहिक हाट बजार मेला नलगाउन र आर्थिक, राजनीतिक, समाजिक, धार्मिक र अन्य कुनै पनि रुपमा भेला, आमसभा, सभा सम्मेलन, भोजभतेर जस्ता समूहमा भेला हुने कार्य नगर्ने, नगराउने गरी आदेश जारी गरिएको प्रजिअ पौडेलले बताए ।

    यसैबीच जनस्वास्थ्य विज्ञहरुले लकडाउन फेरि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आवश्यक परे देशभर कर्फ्यू नै लगाउन उनीहरुको सुझाव छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि लकडाउन गर्न सुझाव दिएका हुन् ।

    विज्ञहरुले अब कम्तिमा २ हप्ता लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

    देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए । बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुपर्यो ?’

    उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताएका छन् । उनले भने, ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुस् भनेर आज सुझाव दिएको छु ।’

    त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताएका छन् । विज्ञहरुले पनि यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने भन्दै थप २ हप्ता लकडाउन घोषणा गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाएको ठाकुरले बताए ।

    सो क्रममा ठाकुरले सरकारले लामो समय लकडाउन गरेपनि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा चेतना बढाउन सकेमात्र कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विज्ञ र विपक्षी दलका नेताहरुसँग सुझाव लिने क्रममा प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोनालाई परास्त गर्न नसकिने तथ्य बुझ्न पर्ने बताएका थिए ।

    प्रधानमन्त्री ओलीले सरकारले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भने पनि नागरिकले नै बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिने भन्दै कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताएका छन् ।

    छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले भनेको नमानी हाम्रै साथिहरु कहिले स्थायी समिति बैठकको कुरा त कहिले केन्द्रीय समिति अनि केही महाधिवेशन गरौँ भन्छन् । यस्तो अवस्थामा भिडभाड गर्न नहुनेमा हामी आफैबाट भिडभाड भइरहेको छ । यसलाई हामीले गम्भीर रुपमा लिएर छलफल गर्दैछौँ ।’

    प्रधानाममन्त्री ओलीले दिनप्रतिदिन कोरोनाको जोखिम बढेको अवस्थामा भेला, समारोह र बैठक गर्दा गम्भीर भएर सोच्न राजनीतिक दलहरुलाई आग्रह पनि गरेका छन् । सञ्चारमाध्यमले सरकार नै देखिएन भनेर प्रचार गरेको भन्दै प्रधानमन्त्री सञ्चारमाध्यमप्रति पनि रुष्ट बनेका थिए । उनले भने, ‘काम गरिरहेकै छ सरकार अब कसरी हो त देखिने ? संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ ।’

    सरकारले काम गरेका ठाउँमा पुगेर हेर्न आग्रह गर्दै उनले भने, ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । यसलाई विरोधको अवसरका रूपमा लिनु हुन्न ।’

    यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र १४ वटा अस्पताललाई कोरोना परीक्षणका लागि स्वाब संकलन केन्द्रको रुपमा छुट्याएको छ । मन्त्रालयले मंगलबार एक सूचना सार्वजनिक गर्दै काठमाडौं उपत्यका भित्र १४ वटा अस्पतालहरुमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने स्थान तोकेको हो ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, प्रसूती गृहलाई स्वाब संकलन केन्द्र तोकिएको हो ।

    यस्तै स्टार अस्पताल, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई पनि स्वाब संकलन केन्द्र तोकिएको छ । यी १४ वटा अस्पतालहरुमा कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरुले स्वाब दिएर कोरोना परीक्षण गर्न सक्नेछन् । यी १४ वटा अस्पतालमा कोरोना परीक्षणका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेस्म्म स्वाब परीक्षण गराउन सकिने छ ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले काठमाडौं उपात्यकामा कोरोनाको जोखिम बढिरहेको बताए । उपत्यकाभित्र कोरोना संक्रमणको जोखिम बढेकाले सबै सर्वसाधारणहरुलाई जनस्वाथ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भिडभाड नगर्न, चाडपर्वहरु घरमै बसेर मनाउन समेत अपिल गरेका छन् ।

    नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    देशभर काेराेना संक्रमितकाे संख्या २१ हजार ९ पुगे पनि १५ हजार २६ जना संक्रमणमुक्त भइसकेका छन्। अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको मन्त्रालयले जनाएको छ ।

    कहाँ कति थपिए ?

    डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका एकजना, मोरङका २ जना र सुनसरीका ९ जनामा कोरोना पुष्टि भएको छ । कोशी अस्पताल प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, सुनसरीका ३ जना र मोरङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा धनुषाका एकजना, इलामका २ जना झापाका ४ जना, मोरङका १० जना, गजेन्द्र नारायणी सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजना र सप्तरीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १२ जना, महोत्तरीका १५ जना, सर्लाहीका एकजना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका एकजना, भक्तपुरका ११ जना, काठमाडौंका ३८ जना र सर्लाहीका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ६ जना, पर्साका एकजना,रौतहटका ६ जनामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, मोरङका एकजना, नुवाकोटका २ जना, स्याङ्जाका एकजना, तनहुँका १ जना र रुकुम पश्चिमका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना र चितवनका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एकजना, काठमाडौंका २ जना, ललितपुरका एकजना र रुपन्देहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा बाराका एकजना र भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, लमजुङका एकजना, पर्वतका एकजना र स्याङ्जाका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ५ जना र रुपन्देहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ११ जना र सल्यानका २ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना, रुपन्देहीका २ जना र सल्यानका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका ११ जना र कैलालीका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै डा गौतमका अनुसार हालसम्म २१ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार २६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ