• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    कर्णाली प्रदेशका तीन जिल्ला कोरोनामुक्त

    834
    SHARES

    काठमाडौँ । लकडाउन अन्त्य गरेसँगै देशमा झनै कोरोना संक्रमण बढेका बेला कर्णाली प्रदेशबाट राहतको खबर आएको छ। कर्णाली प्रदेशका तीन जिल्ला हुम्ला, डोल्पा र जुम्लामा कोरोना संक्रमितको संख्या शून्य भएको छ ।

    कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार हुम्ला ५ जना, डोल्पा ४ जना र जुम्ला ४० जनामा कोरोना संक्रमण देखिएको थियो ।

    उनीहरु सबै निको भएर घर गइसके । मंगलबार यी जिल्लामा संक्रमितको शून्य रहेको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाकारी दिए । हाल कर्णालीका ७ जिल्लामा मात्र कोरोना संक्रमित रहेका छन् ।

    डा. तिवारीका अनुसार सुर्खेतमा ३५ जना, दैलेखमा १ सय २४ जना, जाजरकोटमा १२ जना, सल्यानमा ९ जना, कालीकोटमा १२ जना, रुकुम पश्चिममा २ जना र मुगुमा १ जना गरेर १ सय ९५ जना संक्रमित आइसोलेसनमा उपचाररत छन्।

    यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीका अनुसार १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    ‘संक्रमण देखिएकामध्ये १४ प्रहरी र एक सिभिल ड्राइभर हुन्, प्रमुख आयुक्तसहित अन्य पदाधिकारीहरूको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने। अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयबाट काजमा आयोग आएका एक जना सईलाई ज्वरो आएको थियो।

    प्रहरीमा कोरोना देखिएपछि आइतबार बिहान कार्यालयमै प्रमुख आयुक्त नवीन घिमिरेसहितको स्वाब संकलन गरिएको थियो। पछिल्लो समय प्रहरी प्रधान कार्यालयमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

    त्यस्तै मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले जानकारी दिए।

    एकैपटक २२ जनामा संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि सिल गरेको छ। १४ जना संक्रमित भेटिएको परिवारमा एकजना महिला १५ दिन अघि भारतको नयाँ दिल्लीबाट आएकी थिइन्। सुवेदीले उनको भने परीक्षण हुन बाँकी रहेको बताएका छन्।

    दिल्लीबाट आएकी उनले विराटनगर महानगरपालिकाबाट आफू होटल क्वारेन्टिनमा बस्ने भनेर सिफारिस लिएर आएकी थिइन्। तर उनी होटल क्वारेन्टिनमा बसेको एकिन भएको छैन। नगरपालिकाले यसबारे थप विवरण लिने काम गरिरहेको छ।

    भारतबाट आएपछि उनी विराटनगरस्थित एक अस्पतालमा उपचाररत आफ्ना बुवालाई पनि भेट्न पुगेकी थिइन्। उनका बाबुको अस्पतालमै मृत्यु भएको थियो।

    यसबाहेक अन्य ८ जनालाई पनि संक्रमण देखिएको छ। तीमध्ये तीन जना रंगेली अस्पतालमा कार्यरत कर्मचारी हुन्। जसमा दुईजना प्राविधिक र एकजना भान्से छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ