• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    कोरोना संक्रमण झनै बढेपछि काठमाडौँ उपत्यकामा लागु हुदैछ यस्तो नयाँ नियम

    1.5K
    SHARES

    काठमाडौं । लकडाउन अन्त्य गरे सँगै पछिल्ला केहि दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण झन् बढ्दै गएको गएको छ। काठमाडौँ उपत्यकामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै संक्रमण नियन्त्रण गर्नुको लागि सरकारले अर्को नियम लागु गर्ने अनुमान गरिएको छ ।

    काठमाडौँ उपत्यका मा कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको छ ।

    मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीको निर्देशक समितिमा विचाराधीन छ । ‘पछिल्लो बैठकमा छलफल पनि भएको हो’ एक अधिकारीका अनुसार तर यसबारे निर्णय भएको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउँछ ।’

    सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ । तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोरविजोर, बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुको विकल्प छैन ।

    मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा साउन १० देखि १३ गतेसम्म १० हजार ८२७ नमुना संकलन गरेको थियो । त्यसमध्ये करिव ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्राण पुष्टि भएको थियो ।

    अहिले पनि कोरोना संक्रमण फैलिएको क्षेत्रबाट मानिसहरु काठमाडौं आउने क्रम रोकिएको छैन । यसरी आउनेहरुलाई रोक्न नसके पनि १४ दिन अनिवार्य होम क्वारेन्टिन वा स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरे मात्र उपत्यकालाई संक्रमणबाट जोगाउन सकिने मन्त्रालयका अधिकारी बताउँछन् । त्यसअनुसार मन्त्रालय १४ दिन होम वा स्थानीय क्वारेन्टिनको सहमतिपछि मात्र उपत्यका प्रवेश गर्न दिने प्रस्ताव पठाएको स्रोतले बताएको छ ।

    यस्तै नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार साँझ गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिका– १२ का वडाध्यक्षसहित ३८ जनामा कोरोना पुष्टि भएको थियो ।

    नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार आइतबार मात्र पर्सामा ७३ नयाँ संक्रमित थपिएका छन् । राति संक्रमण पुष्टि हुनेमा वीरगन्जका ३९ वर्षीय पत्रकारसमेत रहेका छन् । विगत दुई दिनदेखि ज्वरो आएपछि गत शनिबार उनले स्वाब परीक्षणका लागि दिएका थिए । संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरका ३ जना प्रहरीसमेत रहेका छन् । संक्रमित थुनुवाको सम्पर्कमा आएपछि गत साउन १३ मा वडा प्रहरी कार्यालयमा स्वाब संकलन गरिएको थियो ।

    डा.सिंहका अनुसार ३५ जना नयाँ संक्रमितमध्ये १४ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा पोजिटिभ भेटिएका छन् । ३५ संक्रमितमध्ये १९ जना वीरगन्ज महानगरपालिका ११ श्रीपुरका बासिन्दा हुन् । आइतबार साँझको परीक्षणमा सोही वडामा २७ जना र शनिबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    वडा नम्बर ११ का अध्यक्ष प्रदुम्न सेढाइका अनुसार गत साउन १५ मा भएको भएको मास ट्रेसिङमा २ सय ५२ जनाको स्वाब संकलन भएको थियो जसमध्ये २५ जना कन्टयाक्ट ट्रेसिङका थिए । वीरगन्ज महानगरपालिका ९ स्थित रेल्वे स्कुलमा गत साउन १३ मा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । साउन यता पर्सामा ४ सय २५ नयाँ संक्रमित थपिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ