• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    कोरोना संक्रमण झनै बढेपछि ओली सरकारले देशभर लागु गर्यो फेरि यस्तो नयाँ कडा नियम

    1.3K
    SHARES

    काठमाडौँ । लकडाउन अन्त्य गरे सँगै पछिल्ला केहि दिन यता नेपालमा कोरोना संक्रमितको संख्या झन् बढ्न थालेको छ । कोरोना संक्रमण  झनै फैलिन  सक्ने खतरा बढिरहेका बेला केपी ओली सरकारले देशभर लागु हुने गरि अर्को कडा नियम लागु गरेको छ । सरकारले वृद्ध तथा बालबालिकाहरुलाई घरमै बस्‍न आग्रह गरेको छ ।

    कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर ननिस्किन आग्रह गरेको हो । मन्त्रालयले ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १२ वर्षमुनीका बालबालिकाहरुलाई काठमाडौंजस्ता घना बस्ती भएका ठाउँहरु बाहिर ननिस्कन अनुरोध गरेको हो । यो नियम देशभर लागु हुनेछ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या बढिरिहे पनि निको हुने दर पनि राम्रो भएको बताए । उनले निको हुने दर ७२ प्रतिशत रहेको जानकारी दिएका छन् । कोरोना संक्रमण हुँदैमा नडराउन तर सावधानी अपनाउन उनले आग्रह गरे । ८० प्रतिशत संक्रमितहरु कुनै समस्या बिना नै निको भएको प्रवक्ता गौतमको भनाइ छ ।

    मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुन: निर्देशन दिएको छ । कोरोनाभाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई प्रवक्ता गौतमले निर्देशन दिएका छन् ।

    नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले साउन १४ गतेको निर्णय अनुसार आरडीटी परीक्षण नगर्न पुन: जानकारी गराइएको बताए । यसैबीच प्रदेश २ को वीरगन्ज र जनकपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले विज्ञ टोली त्यसतर्फ पठाएको छ ।

    मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशन डा.दीपेन्द्र रमण सिहंको नेतृत्वमा उच्चस्तरीय टोली वीरगन्‍ज पठाइएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । यस्तै आवश्यक परेको स्थाानमा पनि विज्ञ टोली परिचालन गर्ने मन्त्रालयको तयारी भइरहेको उनले बताए ।

    नेपालमा आइतबार थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    कहाँ कति थपिए ?

    डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १० जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा मोरङका १३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना, सुनसरीका ३ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोशगाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३५ जना, चितवनका एकजना, महोत्तरीका ४ जना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका २ जना, डोटीका ११ जना, कैलालीका १० जना, काठमाडौंका ११ जना र ललितपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका एकजना, दार्चुलाका एकजना, गोरखाका एकजना, काठमाडौंका ८ जना, रौतहटका २ जना, सिन्धुलीका एकजना र सुनसरीका एकजना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा ललितपुरका एकजना, पर्साका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा पर्साका २ जना, ललितपुरका ३ जना र महोत्तरीका एकजना, नेपाल कोरीयामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ५ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुुङका एकजना लमजङुका ३ जना, स्याङ्जाका ८ जना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बर्दियाका ९ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जना, रुपन्देहीका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डोटीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ६०३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    निको हुनेको दर ७१.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १० गतेदिन १३ गतेसम्म काठमाडौंका नाकामा कोरोना परीक्षण भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ