• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    भारतीय गृहमन्त्री शाहलाई कोरोना संक्रमण पुष्टि,

    520
    SHARES

    काठमाडौं । भारतका संघीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण भएको छ । शाहले आइतबार ट्वीट गर्दै आफूलाई संक्रमण भएको जानकारी गराएका छन् । उनले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि गरीक्षण गराउन आग्रह गरेका छन् ।

    मन्त्री शाहले कोरोनाका केही सुरुवाती लक्षण देखिएर परीक्षण गराउँदा पोजेटिभ रिपोट आएको जनाएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहे पनि डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको पनि जानकारी गराएका छन् ।

    यस्तै भारतीय बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोभिड–१९ (कोरोना भाइरस) रिपोर्ट नेगेटिभ आएको छ । कोभिड परीक्षणको नजिता नेगेटिभ आएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

    कोरोना भाइरस संक्रमण देखिएपछि यी ७७ वर्षीय अभिनेता जुलाई ११ मा अस्पतालमा भर्ना भएका थिए । अमिताभका छोरा अभिषेक बच्चनले ट्वीट गर्दै बुबाको पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको र अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् ।

    बुबाको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ र अस्पतालबाट डिस्चार्ज गरिएको, उहाँ अब घरमा आराम गर्नुहुनेछ,’ उनले ट्वीट गर्दै भनेका छन् । अभिषेकले बुबाको प्राथना र स्वास्थ्यलाभको कामना गर्ने सबै फ्यानलाई धन्यवाद दिएका छन् ।

    २३ दिनअघि अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । पछि परीक्षणका क्रममा उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय र नातिनी आरध्या बच्चनमा कोरोना पोजेटिभ देखिएको थियो ।

    ऐश्वर्या र आरध्याको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अभिषेकमा भने पुनः कोरोना पोजेटिभ देखिएको उनले ट्वीटमार्फत जनाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ