• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    371
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ३१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना रहेका छन्।

    भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्। यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४५० जना, ललितपुरमा १०५ जना र भक्तपुरमा ५९ जना कोरोना संक्रमित पुगेका छन्।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । आइतबार मात्रै थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ६०३ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। निको हुनेको दर ७१.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १० गतेदिन १३ गतेसम्म काठमाडौंका नाकामा कोरोना परीक्षण भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

    कहाँ कति थपिए ?
    डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १० जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा मोरङका १३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना, सुनसरीका ३ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोशगाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३५ जना, चितवनका एकजना, महोत्तरीका ४ जना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका २ जना, डोटीका ११ जना, कैलालीका १० जना, काठमाडौंका ११ जना र ललितपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका एकजना, दार्चुलाका एकजना, गोरखाका एकजना, काठमाडौंका ८ जना, रौतहटका २ जना, सिन्धुलीका एकजना र सुनसरीका एकजना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा ललितपुरका एकजना, पर्साका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा पर्साका २ जना, ललितपुरका ३ जना र महोत्तरीका एकजना, नेपाल कोरीयामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ५ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुुङका एकजना लमजङुका ३ जना, स्याङ्जाका ८ जना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बर्दियाका ९ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जना, रुपन्देहीका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डोटीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]ail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ