• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय प्रवास

    कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध

    296
    SHARES

    कुवेत सिटी । खाडी मुलुक कुवेतले भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् ।

    कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलुकहरुमा नेपाल सहित भारत, इरान, चीन, ब्राजिल, कोलम्बिया, आर्मेनिया, बंगलादेश, फिलिपिन्स, सिरिया, स्पेन, सिंगापुर, बोस्निया हर्जगोभिना, श्रीलंका, इराक, मेक्सिको, इन्डोनेसिया, चिली, पाकिस्तान, इजिप्ट, लेबनान, हङकङ, इटाली, मोल्डोभा, पनामा, बेरुत समेतका छन् ।

    कुवेतले व्यावसायिक उडानहरु आंशिक खुला गरिएकै दिन कुवेत सरकारले नयाँ प्रतिबन्धहरु घोषणा गरेको खालिज टाइम्सले जनाएको छ । समाचार अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि करिब ३० प्रतिशत खुला हुनेछ । अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कुवेतमा हालसम्म ६७ हजार ४४८ जनामा कोरोना संक्रमण देखिएको र ४५३ जनाको मृत्यु भएको थियो ।

    यसैबीच विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ८९ हजार ७० पुगेको हो । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।

    सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

    दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना सङ्क्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ । भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।

    उनीसँगै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या भने ३७ हजार ३६४ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या साढे १७ लाखभन्दा बढी पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ