• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

    1.1K
    SHARES

    काठमाडौं । नेपालमा आइतबार थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ६०३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    निको हुनेको दर ७१.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १० गतेदिन १३ गतेसम्म काठमाडौंका नाकामा कोरोना परीक्षण भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै नेपालमा आइतबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नारायणी बयोधा अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएसँगै नारायणी कोभिड अस्पताल लैजाँदै गर्दा उनको निधन भएको मन्त्रालयले जानकारी दिएको छ । यसअघि पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।

    पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया उनको शुक्रबार बिहान मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । उनी गत साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा रहेको मन्त्रालयले जनाएको छ । उनी केही दिन अघि वीरगन्ज आएकी थिइन् ।

    यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका- ११ श्रीपुरका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका-१६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर-२ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको कोरोनाले मृत्यु भएको पुष्टि हो ।

    वीरगन्ज–२ छपकैयामा ६५ वर्षीय वृद्ध आफ्नै घरमा मृत फेला परेका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य दुई जनाको भने उपचारका क्रममा अस्पतालमा निधन भएको हो । योसंगै वीरगन्जमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ