• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    लकडाउनका बेला भारतमा घट्याे देशै हल्लिने घटना, ८० जनाको मृत्यु, अब के गर्छन मोदी

    874
    SHARES

    कोरोना महामारीले थिचिएको भारतलाई  अर्को ठुलो झट्का लागेको छ । भारतको पञ्जाब राज्यमा पछिल्लो समय वि’षा’क्त म’दि’रा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृ’त्यु भएको प्रहरीले जनाएको छ । मृ’त्यु’ हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अवैध मदिरा बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ ।

    भारतका विभिन्न राज्यमा हरेक वर्ष वि’षा’क्त म’दि’रा सेवनबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ । अ’वैध’ यस्तो मदिरा स्थानीय बजारमा प्रति लिटर भारु १० मै पाइने गरेको छ । प्रहरीका अनुसार पञ्जाबको गुरदासपुर जिल्लामा ११ जनाको मृ’त्यु भएको छ भने अमृतसर जिल्लामा १२ तथा तार्न तारान जिल्लामा ६३ जनाको ज्यान गएको छ ।

    यसबाहेक केही अरु व्यक्तिको पनि वि’षा’क्त मदिरा से’व’नबाट मृ’त्यु भएको प्रहरीले आशंका गरेको छ । केही व्यक्तिले पोष्टमार्टम नगरी दाहसंस्कार गराएकाले पनि मृतकको संख्या बढी हुन सक्ने प्रहरीको अनुमान छ । पञ्जाब प्रान्तका मुख्यमन्त्री अमरिन्दर सिंहले पछिल्ला केही दिनयता भइरहेको मृत्युका बारेमा अनुसन्धान गर्न आदेश दिइएको बताएका छन् । उनले अवैध तथा विषाक्त मदिरा बिक्रीमा दोषी व्यक्ति भेटिए कडा कारवाही गरिने बताए ।

    यस्तै भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमण मृत्यु भएको हो । गत जुलाई १८ तारिखमा कोरोना संक्रमण पुष्टि भएपछि लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

    उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति दुःख व्यक्त गर्दै आफ्नो अयोध्या जाने कार्यक्रमसमेत रद्द गरेका छन् । सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचित भएकी थिइन् ।

    त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख नाघेको छ । आइतबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५४ हजार ८६५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ ।

    भारतमा तीन दिनमा मात्रै १ लाख ६७ हजार ५३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८७९ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६७ हजार ६३७ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८५२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३७ हजार ४०३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ