• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    रूसमा एकैदिन ५ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

    642
    SHARES

    काठमाडौं  । ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार ४६२ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ५८ पुगेको छ । संक्रमित संख्या ८ लाख ४५ हजार ४४३ पुगेको छ ।

    १ लाख ८४ हजार ८६१ जनाको उपचार भइरहेको छ भने ६ लाख ४६ हजार ५२४ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ। विश्वभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिन २ लाख ४६ हजार ५६६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ८ हजार ८४९ पुगेको हो ।

    कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । आइतबार बिहानसम्म १ करोड १३ लाख १८ हजार ८५२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् । यस्तै एकै दिन ५ हजार ३८६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८८ हजार ५९१ पुगेको छ ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ५९८ जनाको मृत्यु भएको छ । २८ लाख ८५ हजार ५६७ जना संक्रमित भएकोमा १७ लाख ४१ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ३१२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५५ लाख ९८ हजार ३०२ पुगेको छ । त्यसमध्ये २८ लाख ९४ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा ९८ हजार ७७ जनाको मृत्यु भएको छ । ४३ लाख ७४ हजार १४५ जना संक्रमित भएकोमा ३२ लाख ३७ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४५ हजार ३४५ जनाको मृत्यु भएको छ । ४१ लाख ८२ हजार ४११ जना संक्रमित भएकोमा २८ लाख ३१ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा २० हजार १८ जनाको ज्यान गएको छ भने ९ लाख ४८ हजार ६८७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ६ हजार ३२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २२६ जनाको मृत्यु भएको छ । १९ हजार ६१ जना संक्रमित भएकोमा ११ हजार ८५६ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ