• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    चीनले लिपुलेक नजिकै चाल्यो यस्तो कडा कदम, नयाँदिल्लीमा खैलाबैला, अब के गर्लान मोदी ?

    1.2K
    SHARES

    काठमाडौं । सीमा विवादलाइ लिएर नेपाल-भारतबीच तनाब बढिरहेका बेला यता चीनले भने नेपाल-भारत सिमानजिक अर्का कडा कदम चालेको छ । चीनले लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ ।
    भारतीय सञ्चारमाध्यमकाअनुसार चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ पीएलए को एउटा बटालियनलाई लिपुलेक नजिकै तैनाथ गरेको छ ।

    नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले एकाएक सो क्षेत्रमा सैन्य गतिविधि बढाएको भारतीय मिडियाको दावी छ । चीनको सो भूमिकालाई भारतीय मिडियाले आशंकाका दृष्टिले हेरेका छन् ।  भारतीय शीर्ष सैन्य कमाण्डरलाई उद्धृत गर्दै केही भारतीय अखबारका अनलाइन संस्करणले शनिबार यसबारे समाचार प्रकाशित गरेका छन् ।

    भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरलाई जोड्ने सडक निर्माण गरेपछि सो क्षेत्र चर्चाको केन्द्रमा आएको हो । नेपालको गम्भीर आपत्तिका बाबजुद भारतले सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको हो ।

    यसअघि भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेपछि नेपालले आपत्ति जनाएको थियो । सीमा समस्या समाधानका लागि वार्तामा बस्न लगातार नेपालले जोड दिँदै आए पनि भारतले कोरोना संकट समाधान भएपछिमात्र वार्तामा बस्ने जवाफ दिएको थियो ।

    तर त्यसबीचमै भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि भने नेपालले पनि आफ्नो प्रशासनिक र राजनीतिक नक्सा संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा समेटेपछि नेपाल–भारत सीमा विवादले दुई देशबीच कुटनीतिक सम्वादहीनताको अवस्था सिर्जना गरेको छ ।

    पछिल्लो समय नेपालले कालापानी नजिकै सशस्त्र प्रहरी बल तैनाथ गर्न थालेको र चीनले पनि लिपुलेक नजिकै एक हजारको हाराहारीमा सैनिक तैनाथ गरेको अवस्थालाई भारतीय मिडियाले आशंकाको नजरले व्याख्या गरेका छन् ।

    उल्लेखनीय छ, भारत र चीनबीच करिब तीन महिनादेखि लद्दाख क्षेत्रमा सैन्य तनाव जारी छ । गत जुन १५ मा सीमा क्षेत्रमा दुई देशका सेनाबीच हिं’स्र’क झ’ड’प हुँदा २० भारतीय सैनिकको मृ’त्यु भएको थियो । पछिल्लो समय दुई देशबीच भएको कयौं चरणको वार्तापछि उक्त क्षेत्रबाट दुवै मुलुकका सेना पछाडि हटेको भनिए पनि अवस्था सामान्य भइसकेको छैन ।

    यही अवस्थामा भारतीय मिडियाले भारतका शीर्ष सैन्य कमाण्डरलाई उद्धृत गर्दै लिपुलेक नजिकै ठूलो संख्यामा चिनियाँ सैनिक देखिएको समाचार प्रकाशमा ल्याएका हुन् ।

    यस्तै भारतले नेपालीलाई कालापानी–लिम्पियाधुरा क्षेत्र प्रवेशमा रोक लगाउन भन्दै पत्र लेखेपछि नेपालले त्यसको जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलवार पत्रको कडा जवाफ फर्काएको हो ।

    जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली भूभागमा नेपाली नागरिकको आवतजावत स्वाभाविक भएको बताएको छ । जुलाई १४ मा भारतको उत्तराखण्ड राज्यको धारचुला जिल्लाका उप–जिल्लाधिकारीले पठाएको पत्रको जवाफ फर्काउँदै जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, कुटी,नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको स्पष्ट नै भएको बताउँदै ती भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको प्रतिक्रिया दिएको हो ।

    दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरको हस्ताक्षर रहेको पत्रमा लेखिएको छ, ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाणहरु अनुसार काली(महाकाली) नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ ।’

    पत्रमा अगाडि लेखिएको छ, ‘ती नेपाली भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको र त्यसमा कहीँ कतैबाट बाधा अड्चन हुनु हुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी आदेशानुसार गराउन चाहन्छु ।’

    गत जुलाई १४ मा धारचुलाका उप-जिल्ला अधिकारी अनिलकुमार शुक्लाले कालापानी, लिम्पियाधुरा र गुंजीलाई भारतीय क्षेत्र भन्दै यस क्षेत्रमा नेपाली गुट र समूहले घुसपैठ गर्न लागेको पाएको उल्लेख गरी यसबारे सूचना दिन नेपाली पक्षलाई आग्रह गरेका छन् ।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै उत्तराखण्ड राज्यअन्तर्गत धारचुला जिल्लाका उपजिल्लाधिकारीले ‘नेपाली गुट र समूहले लुकिछिपी सीमा पार गर्न लागेको सूचना प्राप्त भएको’ भन्दै यसबारे जानकारी भए सूचना दिन आग्रह गरेका थिए ।

    यी समूहले मिडियाको ध्यान आकृष्ट गरी दुवैतिरका अधिकारीका लागि समस्या निम्त्याउन चाहेको पनि पत्रमा लेखिएको थियो । भारतले अतिक्रमण गरेका यी क्षेत्रलाई समेटी नेपालले केही समयअघि नयाँ नक्सा प्रकाशित गरिसकेको छ । यी भूभाग समेटिएको नक्साअंकित निसान छाप पनि प्रयोगमा आइसकेको छ । भारतले नेपाली भूमि कालापानी र लिम्पियाधुरा हुँदै मानसरोवर जाने बाटो बनाएपछि दुई देशबीच सीमा विवाद बढेको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ