• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उपसचिव प्रेम सञ्जेलको कार्यकक्षमै घट्यो यति ठुलो घटना, दुई महिला परे पक्राउ

    573
    SHARES

    विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

    कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो । उनीहरु दुबै करारका कर्मचारी हुन् ।

    सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ । कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेकमे बताए ।

    प्रहरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पेलेको र गालीगलौज गरेको भन्दै कुटपिट गरेको बताएका छन् ।

    यस्तै लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि भएको छ। लकडाउन खुल्नुअघिको ११ दिन र लकडाउन खुलेपछिको ११ दिन (साउन ७–१७)को तुलना गर्दा संक्रमितको संख्यामा ०.८ प्रतिशतले वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

    लकडाउन खुल्नुअघिको ११ दिनमा ४७ हजार ८७७ नमुनाको पीसीआर परीक्षणमा एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो। यो भनेको २.८ प्रतिशत हो।

    त्यस्तै लकडाउन खुलेको ११ दिनसम्म ५८ हजार १७४ नमुनाको पीसीआर परीक्षणमा दुई हजार ९२ जना नयाँ संक्रमित देखिएका थिए। यो भनेको ३.६ प्रतिशत हो।

    मन्त्रालयले बन्दाबन्दी खुलेपछि रोकथामका प्रयासहरु पालना नगर्दा संक्रमण बढेको जनाएको छ। विशेषगरी सामाजिक दूरी कायम नगर्ने, सीमा नाकाबाट स्वाब संकलन नगरी भित्रन दिने र मास्क नलगाउने गर्दा संक्रमणको खतरा झनै बढेर गएको जनाएको छ।

    शनिबार मात्रै ३१५ जनामा संक्रमण पुष्ट भएको छ भने संक्रमित संख्या २० हजार ८६ पुगेको छ। कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ ।

    त्यसैगरी २५ जना भन्दा बढी एकै ठाउँमा भेला नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । यो निकै आत्मघाती हुनसक्ने स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले स्वास्थ्यप्रति विशेष ख्याल गर्न पनि अनुरोध गरे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ