• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अझै दुई साता लकडाउन लम्ब्याउने निर्णय

    854
    SHARES

    एजेन्सी । बेलायतमा जारी लकडाउन कम्तीमा अरू दुई साता लम्बिने भएको छ । कोरोनाभाइरस सङ्क्रमण बढेको पाइएपछि अगस्ट १ तारिख अर्थात् आजदेखि खोल्ने भनिएका क्षेत्रहरू कम्तीमा दुई हप्तापछि सारिएको छ।

    प्रधानमन्त्री बोरिस जोनसनले अहिले ‘साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको’ बताएका छन् भने क्यासिनो र बावलिङ खेलस्थलहरू बन्द नै रहने उल्लेख गरिएको छ । इङ्गल्यान्डका प्रमुख मेडिकल अफिशर प्राध्यापक क्रिश ह्वीटीले डाउनिङ स्ट्रीटमा प्रधानमन्त्री जोनसनलाई सबै क्षेत्र खुला गरे संक्रमण अझ भयावह अवस्थामा पुग्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

    राष्ट्रिय तथ्याङ्क विभाग (ओएनस)ले शुक्रवार जारी गरेको तथ्याङ्क अनुसार बेलायतमा एक हप्ताअघि प्रतिदिन ३ हजार २०० जनामा सङ्क्रमण पुष्टि हुने गरेकोमा यो हप्ता प्रतिदिन करिब एक हजारले बढेर ४ हजार २०० जति पुगेको छ। बेलायतमा अहिलेसम्म कोरोनाभाइरसले ४६ हजार ११९ जनाको मृत्यु भइसकेको छ भने ३ लाख १८१ जना संक्रमित भएका छन् ।

    यसैबीच अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७० हजार ९०४ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ५ हजार ८८९ पुगेको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४६२ जनाको मृत्यु भएको छ ।

    योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार ७४७ पुगेको छ ।  संक्रमितमध्ये अहिलेसम्म २३ लाख २७ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २२ लाख २१ हजार ५७० जनामध्ये १८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ