• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु, शोकमा डुब्यो देश

    301
    SHARES

    काठमाडौँ । भारतको पञ्जावमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ । पञ्चावको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    घटनापछि त्यहाँका मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले जालंधरका कमिश्नरका नेतृत्वमा अनुसन्धान गर्न निर्देशन दिएका छन् । भारतकै आंध्र प्रदेशमा स्यानिटाइजर खादा १० जनाको मृत्यु भएको छ । रक्सी दोकान बन्द भएपछि तलतल मेटाउन स्यानिटाइजर नै खाएका १० जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

    यसैबीच विश्वभर १ करोड ११ लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख २० हजार ५५६ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या १ करोड ११ लाख ५१ हजार ३२८ छ । कुल संक्रमितका आधारमा निको हुने संक्रमितको संख्या करिव ६३ प्रतिशत छ ।

    पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ४५५ जना संक्रमित थपिएका छन् । योसँगै शनिबार यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या १ करोड ७७ लाख ४४ हजार ९५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २२९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८२ हजार १९२ पुगेको छ ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ३१९ जनाको मृत्यु भएको छ । २८ लाख ७१ हजार ८९० जना संक्रमित भएकोमा १७ लाख २९ हजार ७० जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख १८ हजार ५६५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५५ लाख १५ हजार ३२१ पुगेको छ ।

    त्यसमध्ये २८ लाख ४२ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा ९६ हजार ७१८ जनाको मृत्यु भएको छ । ४२ लाख ९४ हजार ७०१ जना संक्रमित भएकोमा ३१ लाख ६७ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४३ हजार ६२७ जनाको मृत्यु भएको छ । ४१ लाख ११ हजार ९०७ जना संक्रमित भएकोमा २८ लाख १६ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा १९ हजार ७२६ जनाको ज्यान गएको छ भने ९ लाख ३१ हजार ७६४ संक्रमित छन् ।

    संक्रमितमध्ये ५ लाख ८३ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २२२ जनाको मृत्यु भएको छ । १८ हजार ६४८ जना संक्रमित भएकोमा ११ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ