• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्डले ओलीसामु नै राखे यस्तो प्रस्ताव, नेता कार्यकर्ता नै दंग, के मान्लान त ओली ?

    601
    SHARES

    काठमाडौं । सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् ।

    मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको ठहर गरेको थियो ।

    साथै पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखेर ओलीसँग छलफल गरी बैठक सुचारु गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । तर दुई अध्यक्षबीच सम्वाद भएको छैन ।

    स्रोतका अनुसार अध्यक्ष प्रचण्डले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर कुराकानी गरेका थिए । स्रोतका अनुसार प्रचण्डले महासचिव पौडेललाई निकास दिने तत्परतासहित गम्भीर छलफलका लागि पहल गर्न आग्रह गरेका छन् ।

    यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग शुक्रबार भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई निर्देशन दिए ।

    ‘राष्ट्र र जनताप्रति निष्ठावान हुने छौँ’ भनेर सम्झौतापत्रमा हस्ताक्षर गरी दृढ प्रतिबद्धता जाहेर गरेकामा धन्यवाद दिँदै गृहमन्त्री थापाले राष्ट्रको विकास, समृद्धि र सुरक्षाको मुख्य जिम्मेवारी सार्वजनिक निकायको हो भने । विश्वमा समृद्धिको उचाइ छुने मुलुकको अध्ययन गर्दा पनि मुलुकको समृद्धिका लागि सार्वजनिक प्रशासनको मुख्य हात रहेको उनले बताए ।

    ‘सार्वजनिक प्रशासन राष्ट्र र जनताप्रति प्रतिबद्ध भए मात्रै मुलुकले प्रगति गर्नसक्छ, जनतालाई सुरक्षा दिन सक्छ र त्यही मुलुकमा मात्रै राष्ट्रिय अखण्डता स्वाधीनता र नागरिकको सुरक्षा प्रबल छ’, गृहमन्त्री थापाले भने, ‘समृद्धि हासिल गर्न पनि त्यसले ठूलो भूमिका खेल्छ ।’

    उनले सम्झौताप्रति हस्ताक्षर गर्नु भनेको राष्ट्रको विकास, समृद्धि, नागरिकको सुरक्षा तथा सेवा प्रवाहमा निष्ठावान र प्रतिबद्धताको शपथ ग्रहण हो भने । मन्त्री थापाले अझै पनि प्रशासनिक संयन्त्रलाई सक्षम र सबल बनाउन जरुरी रहेको औँल्याए । गृहमन्त्री थापाले कामलाई परिणाममुखी बनाउन प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

    गृहमन्त्री थापाको उपस्थितिमा गृहसचिव महेश्वर न्यौपानेसँग विभिन्न सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका महाशाखाका प्रमुख, कारागार तथा अध्यागमन विभागका प्रमुखले कार्य सम्पादन सम्झौता गरेका थिए ।

    यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएको जानकारी दिएका हुन् ।

    डा गौतमले हिजो (बिहीबार) सिराहामा आम सभा भएको र काठमाडौं उपत्यकामा समेत साना खालका सभाहरु भइरहेको भन्दै त्यसले कोरोना संक्रमण फैलाउने निश्चित भएको चेतावनी दिएका छन् ।

    ‘काठमाडौंमा फाटफुट केसहरु भेटिन थालेका छन्,काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ,’ डा गौतमले भने, ‘यसबाट बच्नुपर्ने कुराहरु हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको अवस्था छैन, यसले जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउन सक्ने कुरा जानकारी गराउन चाहन्छु ।’

    डा गौतमले खुल्ला सिमानाकाहरुमा आवतजावत नरोकिएको पनि बताए । उनले केहीदिन अघि भारतबाट कामदार लिएर ओखलढुंगा पुर्‍याइएका २१ जना कामदारमध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए ।

    उनले भारतबाट आएर कोरोना पुष्टि भएका उनीहरुलाई हाल क्वारेन्टाइनमा राखिएको पनि बताए । डा डौतमले सामूहिक रुपमा बसोबास गर्नेहरुमा कोरोना संक्रमणको बढी जोखिम देखिएको बताए । ‘समूहमा बस्नेहरुमा कोरोना संक्रमण बढिरहेको छ, यसको उदाहरण प्रहरीहरुमा पोजेटिभ केश देखिनु, स्वास्थ्यकर्मीमा कोरोना पुष्टि हुनु,’ डा गौतमले भने, ‘धेरै जनसम्पर्क हुने मान्छेहरुमा कोरोनाको दर बढ्दो छ ।’

    डा गौतमले जनस्वास्थ्यको मापदण्ड पूरा नगरेमा आगामी दिनमा कोरोना संक्रमितले अस्पतालमा वेड नपाउने समस्या समेत भोग्ने दिन आउन सक्ने चेतावनी दिए । डा गौतमका अनुसार कोरोनाबाट बच्न मास्क अनिवार्य गरिए पनि मास्क नलगाएका २ लाख जना कारबाहीमा परेको पनि जानकारी दिए । मास्क लगाउन पटक-पटक अनुरोध गरिएपछि २ लाख व्यक्ति मास्क नलगाएकाले कारबाहीमा पर्नु दुखद भएको उनले बताए ।

    डा गौतमले सबैले कोरोनाबाट बच्न सचेत हुन पनि आग्रह गरेका छन् । उनले भारतीय सिमा नाकाका ४ वटा राज्यहरुमा कोरोना संक्रमण बढिरहेकाले नेपालमा सचेत हुनुपर्ने बताए । उनले वीरगंजमा मात्र ८ चिकित्स ६ नर्सिङ र पारामेडिक्स सहित २८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको पनि बताए । अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा नगरेकाले उनीहरुमा कोरोना संक्रमण देखिएको डा गौतमको भनाइ छ ।

    काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना सरकारले खुलाएको छैन । शुक्रबार देशभर थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा २२४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हालसम्म ५ हजार ३१६ सक्रिय संक्रमित रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ