• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    कोरोना महामारीका बीच डाेनाल्ड ट्रम्पलाई आइलाग्यो अर्को तनाव

    305
    SHARES

    काठमाडौँ । आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको मिति सार्न राष्ट्रपति डोनाल्ड ट्रप्पले गरेको प्रस्ताव रिपब्लिकन पार्टीकै नेताहरूले अस्वीकार गरेका छन् । चुनावमा धाँधली हुन सक्ने आशंका गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावको मिति हेरफेर गर्नुपर्ने प्रस्ताप गर्दै नोभेम्बर भन्दा पछि गर्नु पर्ने प्रस्ताव गरेका थिए ।

    तर, उनको प्रस्तावको उनकै पार्टी रिपब्लिकनको बहुमत रहेको रहेको सिनेटका रिपब्लिकन पार्टी नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थीले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् ।

    चुनाव स्थगित गर्न सक्ने अधिकार आफूमा नरहेपछि राष्ट्रपति ट्रम्पले यस्तो प्रस्ताव छलफलमा ल्याएका थिए । चुनाव सार्ने भए कङ्ग्रेसले त्यसलाई अनुमोदन गर्नुपर्ने प्रावधान छ । चुनाव सार्ने ट्रम्पको प्रस्तावको विपक्षी डेमोक्र्याटले चर्को आलोचना गरिरहेका बेला आफ्नै पार्टीका नेताहरूले पनि उनको प्रस्तावको विरोध गरेका हुन् ।

    ट्रम्पले हुलाक मार्फत हुने मतदान बिस्तार हुँदै गएको र यसले धाँधली हुने सम्भावना धेरै भएकाले चुनाव सार्ने प्रस्ताव गरेका थिए । नागरिकले व्यवस्थित, स्वातन्त्र तथा सुरक्षित रुपमा मतदान गर्न पाउने अवस्था सिर्जना भएपछि चुनाव गर्नु पर्ने उनको माग छ । कोरोना भाइरसको महामारीका कारण आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा धेरै अमेरिकीले हुलाक मार्फत मतदान गर्दै छन् ।

    अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १४ सय ६५ जनाको मृत्यु भएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा अमेरिकामा थप ६८ हजार ५६९ जना संक्रमित भएका छन् । ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५५ हजार २८५ पुगेको छ ।

    कुल संक्रमित संख्या ४६ लाख ३४ हजार ९८५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २२ लाख ८४ हजार ९६५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २१ लाख ९४ हजार ७३५ जनामध्ये १८ हजार ७८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ