• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights अन्तराष्ट्रिय

    विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७४ लाख नाघ्यो, ६ लाख ७५ हजारभन्दा बढीको मृत्यु

    108
    SHARES

    काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७४ लाख नाघेको  छ । एकै दिन २ लाख ८० हजार ३१८ जनामा संक्रमण देखिएको छ । योसँगै शुक्रबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ५६ हजार ४७५ पुगेको छ ।

    निको हुने संक्रमितको संख्या १ करोड ९ लाख २७ हजार १६० छ । पछिल्लो २४ घण्टामा ६ हजार २२१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ७५ हजार ७६२ पुगेको छ ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ८६८ जनाको मृत्यु भएको छ । २८ लाख ५२ हजार २०१ जना संक्रमित भएकोमा १७ लाख १५ हजार ४५२ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १६ हजार २९३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५४ लाख ३१ हजार १४४ पुगेको छ । त्यसमध्ये २७ लाख ९० हजार ३०३ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा ९५ हजार ३९५ जनाको मृत्यु भएको छ । ४२ लाख १० हजार ३ जना संक्रमित भएकोमा ३१ लाख ७ हजार ६५० जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४१ हजार ६१५ जनाको मृत्यु भएको छ । ४० लाख २९ हजार ४०२ जना संक्रमित भएकोमा २७ लाख ४० हजार ५०८ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा १९ हजार ३६५ जनाको ज्यान गएको छ भने ९ लाख १२ हजार ६२१ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ५९ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २१३ जनाको मृत्यु भएको छ । १८ हजार ३७ जना संक्रमित भएकोमा १२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ